अहिले बेलुका धरानमा ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमित पुष्टि हुनेहरुमा धरान १३ फुस्रे स्थित आर्मी क्याम्पका सेना तथा तिनका परिवारहरू ६२ जना र २ जना प्रहरी रहेको धरान उपमहानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेस मेहताले जानकारी दिएका छन् ।
उनका अनुसार आर्मी क्याम्प भित्र १० जना भन्दा बढिमा एकैपट ज्वरो आएपछि १७ गते १३१ जनाको परिक्षण गरीएकोमा ६२ जनामा संक्रमण पोजेििटभ देखीएको हो । संक्रमित हुनेहरूमा सेनाको परिवारका २ वर्षीय बालिका समेत रहेका छन् ।
यो वृद्धिसंगै धरानमा संक्रमितको कुल संख्या २ सय ७१ पुगेको छ ।














Discussion about this post