इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नियन्त्रणमा थुनुवामा रहेका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये ४ जना धरानका हुन् भने एक जना इटहरी र अर्का व्यक्ति खोटांगका हुन् ।
धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थुनामा रहेका धरान १३ का २० बर्षीय र धरान १५ का २९, १९, २३ बर्षका युवाहरुमा संक्रमण पुष्टि भएको हो । यसैगरि,एक जना इटहरीका ३० बर्षीय थुनुवामा पनि संक्रमण पुष्टि भएको हो ।
अर्का २६ बर्षीय व्यक्ति खोटाङका रहेका छन् । उनलाई भने प्रहरीले सोधपुछको लागि ल्याएर थुनुवामा राखेको हो ।
उनलाई पनि संक्रमण पुष्टि भएको मेहताले जानकारी दिएका छन् ।
यो भन्दा पहिला पनि इलाका प्रहरी कार्यालयमा एक जना थुनुवामा संक्रमण पुष्टि भएको थियो











Discussion about this post