इटहरी : कवि मुरहरि रायमाझीको चौथो पुस्तक ‘गाउँ बिरानो भयो’ लोकार्पण गरिएको छ ।
शिक्षाविद् विद्यानाथ कोइराला, साहित्यकार जीवेन्द्रदेव गिरी, हरि मञ्जुश्री, रक्तिम लामालगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।
कविता र गजल लेखनमा परिचित रायमाझीको यसअघि दुई गजलसङ्ग्रह र एक कविता सङ्ग्रह प्रकाशित छ ।
कविता सङ्ग्रह ‘गाउँ बिरानो भयो’मा छन्द कविता, गजल, मुक्तक, हाइकु, साइनो गरी कविताका सात विधाका रचनाहरू समावेश छन् ।
सोही अवसरमा प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकको प्रकाशनमा ‘काभ्रेली आवाज’ नामक संयुक्त कवितासङ्ग्रह पनि सार्वजनिक गरियो ।
यस्तै, कार्यक्रममा नवराज दाहाल उत्साहीले विशेष रचना वाचन गरे ।
प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकले प्रत्येक महिना रचना वाचन तथा लेखक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।














Discussion about this post