विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ९ शैयाबाट क्षमता वृद्धि गरी थप १६ शैयाको सुविधा सम्पन्न सीसीयु सञ्चालनमा आएको छ।
हस्पिटलको दोस्रो तल्लामा स्थापना गरिएको सीसीयुमा ४ वटा क्याबिनसहित १६ शैया थप गरिएको हो।
हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डा.प्रशान्त साह र मुटु रोग विशेषज्ञ डा.माधव विष्टले रिबन काटेर सीसीयुको उद्घाटन गरेका हुन्।
पहिला ९ शैया र अहिले क्याबिनसहित १६ शैया गरि जम्मा २५ शैया सीसीयुबाट मुटु रोगका बिरामीहरूले उपचार सेवा पाउने जनाइएको छ ।
उक्त सेवाले पूर्वी नेपालका मुटु रोगका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ। विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मुटुको बिरामीको लागि भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । ह
हस्पिटलको मुटु रोग विभागको क्याथ ल्याबमा एक महिनामा करिब १५० जनाभन्दा बढी बिरामीले विशेष उपचार लिने गरेको जनाइएको छ ।













Discussion about this post