Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

जनता क्याम्पसका अध्यक्ष केसीलाई प्रश्न – शैक्षिक सम्मेलनको उद्देश्य के हो ? (अन्तर्वार्ता)

समय सापेक्ष शिक्षालाई परिवर्तन गर्न अन्तर्राष्ट्रिय सम्मेलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २९, २०८२
in अन्तर्वार्ता, समाचार
0
जनता क्याम्पसका अध्यक्ष केसीलाई प्रश्न – शैक्षिक सम्मेलनको उद्देश्य के हो ? (अन्तर्वार्ता)
99
SHARES
Share on FacebookShare on Twitter

सामूदायिक स्तरबाट इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले यही पुस ५ र ६ गते अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन गर्दैछ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ ।

कोशी र मधेश प्रदेशका पाँच हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै आएको यस क्याम्पसबाट शैक्षिक सम्मेलनमार्फत शिक्षामा समयसापेक्ष परिवर्तनलाई आत्मसाथ गरी विद्यार्थी तथा प्राध्यापकलाई नवीन ज्ञान दिलाउने उद्देश्य राखेको छ ।

यसै सन्दर्भमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीसँग गरिएको कुराकानीको सारसंक्षेप :

यो सम्मेलन गर्नुको मुख्य उद्देश्य के हो ?

नेपालकै सामूदायिक कलेजमध्ये जनता बहुमुखी कलेज धेरै विद्यार्थी भएको कलेजमा पर्छ । त्यसमा पनि कोशी प्रदेशको केन्द्रमा पर्ने र सबैलाई पायक पर्ने अनि विद्यार्थी अध्ययन गर्न आउनेको रोजाईको केन्द्र बनेको छ । यहाँका प्राध्यापकहरू विभिन्न क्षेत्रमा, विभिन्न विषयमा एमफिल र पिएचडीको उपाधि प्राप्त गरि सकेकाले गर्दा जमघट हुने थलो भएकाले हामीले यो कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य राख्यौँ ।

साथै, यहाँ मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञान संकायलगायतका संकायमा पठनपठान हुने भएकाले गर्दा शैक्षिक विज्ञ र अनुसन्धानकर्ताबिच अन्तर विषय संवाद र सहयोगलाई गति लिदैँ समसामयिक विश्वका चुनौती सामाना गर्न, समय सापेक्ष शिक्षालाई परिवर्तन र परिस्कृत गरेर लैजान नवीन शैक्षिक नमूनाका लागि संरचनात्मक अध्ययन गर्नुपर्छ भन्ने सोचले कार्यक्रम गर्न लागिएको हो ।

सम्मेलन किन आवश्यक छ ?

अध्ययन अध्यापन गर्ने जुन गतिविधि हुन्छ । अहिले समय सापेक्ष शिक्षण शैली परिस्कृत हुँदै आएका छन् ।

सम्मेलनमा विश्वका नामुद विज्ञ व्यक्तिहरू आएर आफ्नो प्रस्तुति दिएपछि रिसर्चबारे प्राध्यापकलाई ज्ञान दिलाउन, विद्यार्थीलाई रिसर्च गराउने उपाय सिकाउन र अबको शिक्षा कुन हिसावले अगाडि बढाउँदा शिक्षा क्षेत्रको विकास हुन्छ भनेर विज्ञ व्यक्तिबीच अन्तरक्रिया हुने हुँदा यसबाट धेरै विद्यार्थी, यहाँ आउने प्राध्यापकहरूले नयाँ ज्ञान हासिल गर्ने र त्यो विद्यार्थीसमक्ष पु¥याउने हुँदा यो कार्यक्रम आवश्यक भएको हो ।

यो सम्मेलन गर्नैपर्ने आधार चाँहि कसरी बन्यो ?

जनता क्याम्पसलाई कसरी राम्रो बनाउन सकिन्छ ? भनेर योजना बनाएर अघि बढ्ने क्रममा विदेशमा नाम चलेका कलेजहरू कसरी चलेका छन् ? समग्र अवस्था कस्तो रहेको छ ? भनेर ज्ञान लिन भारतका दुईवटा विश्वविद्यालयलाई इमेल पठायौं । त्यहाँबाट हामीलाई बोलाइयो ।

र, असारमा पहिलोपल्ट भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे.जे.टी विश्वविद्यालयसँग सम्झौता ग¥यौं । त्यहाँ सम्झौता गर्न जादा हामीले दुई पक्षीय सहमतिबाट शिक्षा क्षेत्रमा ठूलै उपलब्धी हासिल गर्न सकिने पनि ज्ञान भयो ।

यहाँका विद्यार्थीलाई रिसर्च गर्दा होस् वा यहाँका प्राध्यापकहरूलाई एमफिल र पिएचडीको उपाधिका लागि सस्तो शुल्कमा गराउने वातावरण मिलाउन सहज भयो । र, भारतबाट हाम्रो क्याम्पसमा आउँदा पनि यहाँ भएका राम्रा उदाहरणीय कार्य एकापसमा आदान–प्रदान गर्न सक्ने वातावरण भयो ।

त्यसमा हामीले दुईवटा ठूला विश्वविद्यालयसँग सम्झौता गर्दा त हामीले धेरै सिक्ने अवसर पाउँछौं भने अन्तर्राष्ट्रिय सम्मेलन नै गर्दा झन ठूलो उपलब्धी हुुनुका साथै इटहरीको शैक्षिक विकासमा पनि थप टेवा पुग्छ भनेर यो कार्यक्रम गर्ने आधार बन्यो ।

सम्मेलनमा क–कसको सहभागिता रहनेछ ?

पाँचवटा देशको उपस्थिति रहन्छ । अमेरिकाबाट रोर्जर भन्ने विज्ञ व्यक्ति आउने तय भएको छ । यस्तै, थाइल्याण्ड, वंगालादेश, इन्डियालगायतका देशबाट विज्ञ व्यक्ति आउने तय भइसकेको छ । नेपालभरबाट नाम चलेका विभिन्न शिक्षा क्षेत्रका विज्ञ व्यक्तिहरूको उपस्थिति रहनेछ ।

सम्मेलनको तयारी कुन चरणमा पुग्यो ?

खानपान, बसोबास, स्वागत, कार्यक्रमको तालिका, प्रचारप्रसार, आर्थिकलगायतका सब ै समितिले आफ्नो काम पूरा गरेका छन् । सबै समितिद्दारा आ-आफ्नो जिम्मेवारी राम्रो तयारी भएको छ । पुस ५ र ६ गतेको कार्यक्रमको लागि क्याम्पस ३ र ४ बिदा गरी सरसफाई गरिनेछ । सचिवालयले कार्यक्रमको सम्पूर्ण खाका तयार गरि रहेको छ । सम्मेलनमा कुनै पनि कुराको कमी हुन नदिने गरि तयारी भएको छ ।

सम्मेलनका लागि खर्चको व्यवस्थापन कसरी हुनेछ ?

सञ्चालक समितिले योजना बनाउँदा सम्मेलन गर्दा क्याम्पसबाट १८ लाख रुपैयाँ पैसा छुट्याइएको थियो । तर, यतिबेला क्याम्पस आर्थिक हिसावले सक्षम नभएको अनि यहाँ अध्ययन गर्न आउने विद्यार्थीसँग पनि न्यून शुल्क मात्र लिएकाले गर्दा त्यो १८ लाख पनि जोगाएर जानुपर्छ कि भनेर कार्यक्रम अघि बढाइरहेका छौं ।

यसक्रममा सहभागीबाट रजिष्ट्रेसन शुल्क बापत प्रतिव्यक्ति दुई हजार पाँच सय लिने निर्णय गरेका छौं ।

यस्तै, इटहरी उपमहानगरपालिकाले सात लाखसम्म पैसा दिने घोषणा गरेको छ । र, यो कार्यक्रमको अभिभावकत्व पनि उपमहानगरपालिकाले लिनेछ । सुनसरीमा रहेका अन्य स्थानीय तहमध्ये धेरैजसोले कसैले एक लाख, कसैले डेढ लाख र कसैले ७५ हजार रुपैयाँ दिने प्रतिबद्दता व्यक्त भएको छ । यस्तै, इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका वडाहरूमध्ये धेरैजसो वडाध्यक्षले इटहरीमा हुने कार्यक्रममा हाम्रो पनि केही न केही सहयोग हुनुपर्छ भन्ने सोच राखेर विभिन्न वडाध्यक्षहरूले रकम दिनुभएको छ ।

अन्य दाताले पनि हामीलाई सहयोग गरिरहेको अवस्था छ । यसरी कार्यक्रम गर्नका लागि हामीलाई पैसाको अभाव हुने छैन भन्ने लागेको छ । कार्यक्रम गर्नका लागि झण्डै ३५ लाख हाराहारी लाग्ने अनुमान छ ।

यो सम्मेलनले समग्र इटहरीलाई के लाभ पुग्छ ?

इटहरी बढ्दो शहरको रूपमा विकसित भइरहेको छ । इटहरीमा निजी कलेज पनि सञ्चालन भइरहेका छन् । कुनै पनि शहरको विकास हुनका लागि सवैभन्दा मुख्य कुरा शिक्षा र स्वास्थ्य नै हो । जनता क्याम्पस २०४५ सालमा खुलेको क्याम्पस हो ।

जनता क्याम्पसबाटै अनुभव लिएर इटहरी क्षेत्रमा निजी कलेजमा कार्यरत रहनेको संख्या ठूलै छ । इटहरीमा थुप्रै कलेज खुलेपनि जनता क्याम्प्सले समग्र इटहरीको उच्च शिक्षालयको अभिभावकको रूपमा कार्यरत रहेको बुझिन्छ ।

अर्को कुरा यस कार्यक्रमले इटहरी उपमहानगरपालिकालाई ‘शिक्षाको हब’ हो भनेर चिनाउने काम गर्नेछ ।

तपाईं अध्यक्ष भएपछि पहिलो पटक सम्मेलन हुन गइरहेको छ । तपाईं अध्यक्ष भएको दुई वर्ष वितिसक्यो । अब एक वर्ष बाँकी छ । कार्यकाल सकिँदा के के गर्ने योजना छन् ?

म यही क्याम्पसको पूर्व विद्यार्थी हो । यही क्याम्पसका कारण म विकास केसी भनेर चिनिएको हो । क्याम्पस बन्नुपर्छ भन्ने सोचका साथ मैले नेतृत्व गरेको हो । दुई वर्षभित्र धेरै परिवर्तन भएको धेरैजसोलाई थाहै छ ।

थोरै शुल्क लिएर पनि सबै विद्यार्थीलाई बसबाट क्याम्पस आउने वातावरण तय गरेका छौं । क्याम्पसको सरसफाईमा उत्तिकै ध्यान दिएका छौं । प्राध्यापक तथा कर्मचारीहरूलाई उत्तिकै अनुशासित हुनुपर्छ भनेर लागेका छौं । पछिल्लो समय बिआइसिटीमा क्षमताभन्दा बढी विद्यार्थी आउँदा विद्यार्थी फर्काउनु परेको छ । कोशी प्रदेशका विभिन्न ठाउँबाट आउने विद्यार्थीहरूलाई बसाइमा असहज हुन नदिनका लागि छात्राबास पनि निर्माण गर्न लागेका छौं ।

यसका लागि बजेट परेर काम सुरु भइसकेको छ । क्याम्पसमा कम्पाउण्डवाल पनि गरिरहेका छौं । अब भावी दिनमा थप सशक्त बनाउन अरू नयाँ विषय थप्नुपर्छ भनेर बिबिए र बिएचएम माग गरिएको छ । ती विषय स्वीकृत भएमा क्याम्पसले शैक्षिक विकासमा थप योगदान पु¥याउनेछ । अब चाँडै नै ई(लाइब्रेरी सञ्चालन गर्ने योजना छ । मेरै कार्यकालमा एउटा सभाहल पनि बनाउने योजना छ । आगामी दिनमा जनता क्याम्पसले अझै सस्तो र शुलभ ढंगले शिक्षा दिलाउनेमा दृढ भएर अघि बढ्ने संकल्प गर्दछु ।

अन्त्यमा केही भन्नु छ ?

यो सम्मेलन महत्वपूर्ण कार्यक्रम भएकाले गर्दा सभ्य र भव्य रूपमा सम्पन्न गर्न समुदायको पनि ठूलो योगदान रहने हुँदा कार्यक्रम सफल बनाउन सम्पूर्ण समुदायका व्यक्तित्वहरूलाई हार्दिक अपिल गर्दछु ।

Tags: #विकास केसीअन्तर्वार्ताजनता बहुमुखी क्याम्पस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद...

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
FEATURE BREAKING

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

by रासस
बैशाख ७, २०८३
0

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1312 shares
    Share 525 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.