झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका–६ स्थितमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
बिहीवार बेलुका करिब ८ः१५ बजे काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १-०१-०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको पीबी ०२ बीआर ७७६५ नम्बरको मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक मेचीनगर नगरपालिका–६ की अन्दाजी ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्रक चालक भारतको पन्जाब राज्य, अमृतसर जिल्ला भोलेबाबा निवासी अन्दाजी ३६ वर्षीय सन्दीप सिंहलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post