धरानमा आइतबार साँझ एकै घरमा बस्ने १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
धरान १६ को एकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
उनका अनुसार यसअघि संक्रमण पुष्टि भएको ७८ बर्षका वृद्ध र ७० बर्षकी वृद्धा दम्पत्तिको कन्ट्याक ट्रेसिङ गरेर स्वाब लिइएकाहरुमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएकाहरुमा ९ जना महिला र ४ जना पुरुष छन् ।
महिलामा ४५ बर्षीया, २९ बर्षीया, १४ बर्षीया, १७ बर्षीया, १२ बर्षीया, २९ बर्षीया, ५७ बर्षीया, ३२ बर्षीया र ३८ बर्षीया छन् भने पुरुषमा ५३ बर्षीय, २४ बर्षीय, ५४ बर्षीय र २७ बर्षीय छन् ।











Discussion about this post