इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका लालविक्रम थापाविरूद्ध उजुरी परेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि मंगलवार मनोनयन गरेका थापाविरूद्ध बुधवार निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको हो ।
प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा उनीविरूद्ध उजुरी गरेका हुन् ।
थापाले इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयलाई ७४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको र लेखापरीक्षणले पनि बक्यौता रहेको ठहर गरेको थियो ।
सोबारे पण्डितले उजुरी गरेका हुन् । खासगरी थापा यसअघिको निर्वाचनमा पनि सो क्षेत्रबाट उम्मेदवार रहेका थिए ।
उजुरीउपर जाँचबुझ गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ९ माघ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
९ माघ दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।













Discussion about this post