गएको २४ घण्टामा प्रदेश १ मा आज १ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मोरङमा १ सय ८ जना संक्रमित थपिएका छन् भने सुनसरीमा २२ जना छन् । यसैगरि झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ भन्दा बाहिरका ३ जनाको रिर्पोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा संक्रमण देखिएको छ ।
संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् ।
मोरङको कटहरीमा ३ महिला र ११ पुरुष, बुढीगंगामा ६ महिला र ६ पुरुष, सुन्दरहरैचामा २ महिला र १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको दुहवीमा ३ महिला र ११ पुरुष, धरानमा ३ महिला र १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ पुरुष छन् ।
यसैगरि, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ४ हजार ९६७ पुगेको छ ।














Discussion about this post