प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार आज मन्त्री घिमिरेको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त हुनु भएका हुन् ।
मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।














Discussion about this post