झुम्का : सुनसरीको रामधुनी नगरपालिकामा अवस्थित झुम्का मिडिया प्रालिद्धारा सञ्चालित झुम्का एफएम १०६ मेगाहर्ज तेस्रो बर्ष पार गरी चौथौ वर्षमा प्रवेश गरेको छ ।
आफ्नो बार्षिक उत्सवको अवसर पारेर झुम्का एफएमले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सुनसरीलाई पत्रकारिता पुरस्कार कोषका लागि नगद रु. पाँच हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको झुम्का मिडिया प्रा. लि का अध्यक्ष तथा प्रबन्ध निर्देशक निशान प्रकृति थारुले जानकारी दिए ।
उक्त रकम फोनिज सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरीलाई हस्तारन्तरण गरिएको थियो ।
छोटो समयमै श्रोताको मन जित्न सफल एफएमले आज एक कार्यक्रम बीच आफनो बार्षिक उत्सव मनाएको थियो ।

एफएमले शिक्षा, मनोरञ्जन, समाचार, तथा चेतनामुलक कार्यक्रम नियमित रुपमा १८ घण्टा प्रसारण गर्दै आइरहेको छ ।
उक्त बार्षिक उत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, पूर्व अध्यक्ष चेतन धमला, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सुनसरी अध्यक्ष धिरेन्द्र चौधरी लगायतले शुभकामना दिएका थिए ।
















Discussion about this post