Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्नेहरू १५ दिनसम्म पक्राउ परेनन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २९, २०८२
in समाचार
0
पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्नेहरू १५ दिनसम्म पक्राउ परेनन्

पत्रकार्रलाई आक्रमण गर्ने मध्येका युवराज पाठक । प्रहरीमा उजुरी परेपछि उनी अहिले फरार छन् ।

62
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा विराटनगर निवासी पत्रकार अर्जुन आचार्यमाथि भएको साङ्घातिक आक्रमणको १५ दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।

किटानी जाहेरी दर्ता भएको दुई साता नाघिसक्दा समेत आरोपीहरू खुलामुलै हिँडिरहनुले सुरक्षा निकायको कार्यक्षमता र नियतमाथि प्रश्न उठेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा ‘घरदैलो’ को समाचार संकलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले कमल गाउँपालिका–६, जीवनचोकमा आक्रमण गरेका थिए ।

घटनाको भोलिपल्टै आचार्यले कमल–६ का युवराज पाठकसहित ५ जनाविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ‘अभद्र व्यवहार’ को मुद्दामा किटानी जाहेरी दर्ता गराएका थिए ।

घटना भएको एक सातासम्म पनि प्रहरीले कसैलाई पक्राउ नगरेपछि नेपाल पत्रकार महासंघ कोशी प्रदेशको नेतृत्वमा गएको टोलीले फागुन १९ गते कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएको थियो ।

भेटका क्रममा घिमिरेले तत्काल दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन झापा प्रहरीलाई निर्देशन दिएका थिए ।

डीआईजीको निर्देशनपछि पनि ११ दिन बितिसकेको छ। तर झापा प्रहरीले अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन ।

झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीहरूको खोजी भइरहेको बताइन् । ‘हामीले खोजी कार्यलाई तीव्रता दिएका छौँ, सबै कोणबाट अनुसन्धान भइरहेको छ,’’ उनले भनिन् ।

यसरी भएको थियो आक्रमण

एमालेको घरदैलो अभियानका क्रममा केही महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) मा मतदान गर्ने बताएका थिए । सोही दृश्यको भिडियो खिचिरहेका आचार्यमाथि फोर्सका सदस्यहरूले मुक्का र बुट प्रहार गरेको पीडित पत्रकारले बताएका छन् ।

जाहेरीमा उल्लेख भए अनुसार आचार्यलाई अपहरण गर्ने उद्देश्यले बा २ च ९६१ नम्बरको सेतो स्कोर्पियोमा जबर्जस्ती चढाउन खोजिएको थियो भने दमक पुगेर ‘थप देखाइदिने’ धम्की समेत दिइएको थियो ।

आक्रमणकारीले आचार्यको मोबाइल र चस्मा समेत लुटेका छन् । आचार्यले आफ्नो लुटिएको सामान फिर्ता, शारीरिक तथा मानसिक क्षतिको क्षतिपूर्ति र उपचार खर्च भराउन समेत माग गरेका छन् ।

Tags: अर्जुन आचार्यआक्रमण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तीनजनामा डेंगु पुष्टि
समाचार

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

by माधव पोख्रेल
अशोज ४, २०८३
0

उदयपुर । उदयपुर जिल्लामा चालू आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेङ्गूको सङ्क्रमण पुष्टि...

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु
समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

by मनाेज अधिकारी
अशोज ४, २०८३
0

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    518 shares
    Share 207 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    301 shares
    Share 120 Tweet 75

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.