गएको २४ घण्टामा प्रदेश १ मा आज १ सय ६६ कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमध्ये मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा आज ५८ जनामा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् ।मोरंगको कटहरीमा ७ महिला ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, जहदामा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रंगेली र बेलबारी १–१ महिला, ग्रामथान र सुन्दरहरैचामा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यसैगरि सुनसरीको ईटहरीमा ७ महिला २५ पुरुष, बराहक्षेत्रमा २ महिला १० पुरुष, धरानमा १ महिला ८ पुरुष, इनरुवामा १ महिला १ पुरुष, हरिनगरमा १ महिला, झापाको शिवसताक्षीमा ३ महिला ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ५ हजार ४३७ पुगेको छ ।
प्रदेश १ मा आज १ सय ९२ जना डिस्चार्ज भएका छन् ।














Discussion about this post