इटहरी : इटहरी उपमहानगरपालिकाले सडक क्षेत्र अतिक्रमण रोक्न एक सूचना जारी गरेको छ।
सार्वजनिक सडक क्षेत्रमा संरचना निर्माण, निर्माण सामग्री राख्ने, पशु–चौपाया बाँध्ने तथा बिस्कुन सुकाउने जस्ता कार्यका कारण यातायात आवागमनमा समस्या भएको र दुर्घटनाको जोखिम बढेको सूचनामा उल्लेख छ।
खासगरी सडक क्षेत्रमा पर्ने संरचना तथा सामग्री तुरुन्त हटाउन, पशु चौपाया नबाँध्न र सडक अवरुद्ध हुने कुनै पनि गतिविधि नगर्न नगरवासीहरूलाई अनुरोध गरिएको छ।
सूचनाको उल्लंघन गरिए प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।
















Discussion about this post