धरानमा आज बिहानै थप ७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए अनुसार आज थपिएकामा धरान ९ का ३ जनामा एक जना उमेर नखुलेका १ जना पुरुष, अर्को एक जना पुरुष र अर्को ४२ वर्षीय महिला रहेका छन् ।
यसै गरी धरान १८ का ३६ वर्षीय पुरुष, धरान १९ का ३६ बर्षीया महिला, धरान ११ का ७४ बर्षीया महिला र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको लन्ड्रीमा काम गर्ने कर्मचारी १ जना पुरुष गरी ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आज सङ्क्रमित थपिए सगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९५ पुगेको छ











Discussion about this post