गएको २४ घण्टामा प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् ।
सङ्क्रमित हुनेमा मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ भन्दा बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरि सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यो सगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ ।
प्रदेश १ मा आज २७ जना डिस्चार्ज भएका छन् ।














Discussion about this post