वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहका औरी ३ बस्ने ५० बर्षीय एक संक्रमितको मृत्यु भएको छ ।
मस्तिस्कमा समस्या भएर हिजो साँझ न्यूरो अस्पतालमा भर्ना भएका उनलाई उपचारको क्रममा प्रादेशिक प्रयोगशालामा पिसिआर जांच गर्दा कोरोना पोजेटिभ देखिएपछि भदौ ६ गते प्रतिष्ठानमा रिफर गरिएको थियो ।
उनको कोभिड अस्पतालको आइसियुमा भर्ना गरेर उपचार गर्दागर्दै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्रा डा निदेश सापकोटाले जानकारी दिएका छन् ।











Discussion about this post