Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कामधेनु सहकारीको विवाद उत्कर्षमा, सेयर सदस्य निष्कासनपछि रजिष्ट्रार कार्यालयले माग्यो जवाफ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २, २०८२
in टाकुरा विशेष, समाचार
0
कामधेनु सहकारीको विवाद उत्कर्षमा, सेयर सदस्य निष्कासनपछि रजिष्ट्रार कार्यालयले माग्यो जवाफ
181
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका–१ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा देखिएको विवाद उत्कर्षमा पुगेको छ ।

सेयर सदस्यता खारेजीसम्बन्धी उजुरी परेपछि कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले सहकारीलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।

पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी र सेयर सदस्य मनोज दाहाललाई सेयर सदस्यताबाट हटाइएको निर्णयविरुद्ध रजिस्ट्रार कार्यालयमा उजुरी परेको थियो। उजुरीमा सदस्यता खारेजी बिना कारण, बदनियतपूर्ण र सहकारी ऐनविपरीत गरिएको दाबी गरिएको छ।

रजिस्ट्रार कार्यालयले पठाएको पत्रमा सेयर सदस्य हटाउँदा अपनाइएको प्रक्रिया, सञ्चालक समितिको निर्णय, कानुनी आधार र सोको औचित्य खुल्ने प्रमाणसहित जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ।

कामधेनु सहकारीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले ‘भ्रामक तथा तथ्यहीन समाचार सम्प्रेषण गरेको’ आरोपमा अधिकारी र दाहाललाई सेयर सदस्यताबाट हटाउने निर्णय गरेको थियो।

उनीहरूले उक्त निर्णयविरुद्ध मंसिर २४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दर्ता गराएका थिए।

‘संस्थाले बिनाकारण सेयर सदस्य खारेज गरेको, भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरेको भनी सेयर सदस्यता बदनियतपूर्वक खारेज गरेको कारण न्याय दिलाइदिनुहुन भनी निवेदन पेस भएको हुँदा सो सम्बन्धमा के–कसो भएको हो ? पछिसम्म फरक नपर्ने गरी संस्थाले निजहरूलाई सेयर सदस्यताबाट हटाउँदा अवलम्बन गरेका प्रक्रिया, संस्थागत निर्णयहरूको छाँयाकपीसमेत संलग्न राखी पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा जानकारी उपलब्ध गराउनुहुन अनुरोध छ,’ रजिस्ट्रार कार्यालयले पठाएको पत्रमा भनिएको छ ।

यसैबीच, कर्मचारी मिश्रले बजार प्रमुख रञ्जित झा र बजार प्रतिनिधि शेरबहादुर खडकाको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका थिए । घटनापछि सहकारीको व्यवस्थापन शैली र कार्यस्थल वातावरणबारे प्रश्न उठेका छन्।

घटनालाई सामसुम पार्न अध्यक्ष ढकालले प्रयास गरेका थिए । ढकालले मिश्रको काममा असन्तुष्टि जनाउँदै स्पष्टीकरण सोधेका थिए ।

संस्थाबाट पटकपटक दबाब दिइएको र मानसिक यातना दिइएकाले मिश्रले आत्महत्या गरेको पीडित परिवारले जनाउँदै आएका छन् ।

मिश्रको निधनपछि अध्यक्ष ढकालसहित अन्य कर्मचारीहरू समवेदना दिन झापास्थित घर गएका थिए । त्यस क्रममा स्थानीयले उनीहरूलाई दुव्र्यवहार गरी अपमानजनक व्यवहार गरे ।

फर्किने क्रममा मोरङस्थित पथरीको जङ्गलमा आइपुगेपछि सँगै गएका सबैको मोबाइल फोन ढकालले नै नियन्त्रणमा लिएर सोधपुछ गरी मानसिक यातनासमेत दिएको घटना बाहिरिएको थियो ।

कारबाहीमा परेका अधिकारी, दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीले पत्रकार सम्मेलन गरी संस्थामा आर्थिक तथा प्रशासनिक अनियमितता भएको आरोप लगाएका छन्। सेयर सदस्यद्धयलाई निष्कासन गर्दा कर्मचारी सुवेदीलाई भने तीन महिनाका लागि निलम्बन गरिएको छ ।

उनीहरूले पत्रकार सम्मेलन गरी अध्यक्ष ढकालले संस्थाबाट कानुन विपरीत तलव बुझेको, मोरङमा बनिगामा सहकारी संस्था सञ्चालन गरी आफ्नै पत्नीलाई व्यवस्थापक बनाएको र त्यसै समयमा युवा स्वरोजगार कार्यालयबाट ४० लाख रुपैयाँ ऋण लिएको भएपनि नक्कली ऋणी खडा गरेर उक्त रकम हिनामिना गरेको, बनिगामाका तीन जना कर्मचारीहरुलाई कामधेनुबाट तलव भत्ता खुवाइएको आरोप लगाएका थिए ।

अध्यक्ष ढकालले व्यक्तिगत रिसइबी राखेर संस्था सञ्चालन गरेको, गैरकानुनी र गैरजिम्मेवार तरिकाले पूर्वाग्रह राखेर आफूलाई साधारण सदस्यबाटै हटाइएकोमा उनीहरूले आपत्ति जनाएका थिए ।

यता, संस्थाले भने आरोप–प्रत्यारोपमै उत्रिएको छ । संस्थाबाट कारबाहीमा परेकाहरूको पत्रकार सम्मेलनलगत्तै संस्थाले पनि पत्रकार सम्मेलन गरी प्रत्यारोपमा उत्रिएको छ ।

सहकारीले ती आरोप अस्वीकार गर्दै कानुनअनुसार कारबाही गरिएको दाबी गरेको छ।

अध्यक्ष यादप ढकालले जारी गरेको विज्ञप्तिमा संस्थाको हितविपरीत कार्य गर्ने सेयर सदस्य र कर्मचारीलाई नियमअनुसार कारबाही गरिएको उल्लेख गरिएको छ।

‘कामधेनु दुग्ध विकास सहकारी संस्थाको सन्दर्भमा कर्मचारी तथा सेयर सदस्यले लगाएको सम्पूर्ण आरोप–प्रत्यारोप मिथ्या रहेको छ । संस्थाले उक्त घटना तथा अन्य समसामामिक विषयहरूमा गोष्ठी तथा सभा सम्मेलन गर्दा सम्पूर्ण सदस्यलाई लिखित, मौखिक वा प्रविधिको प्रयोग गरि जानकारी पठाउने गरिएको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘संस्थाले कुनैपनि कार्य सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम नीति निर्देशिका सञ्चालक समितिको निर्णय तथा नेपाल सरकारको प्रचलित कानुन बमोजिम गरेको छ ।’

यो पनि – कर्मचारी आत्महत्या प्रकरणमा घेरिएपछि कामधेनु सहकारीद्वारा पत्रकारलाई खाममा पैसा !

यो पनि – कामधेनु सहकारीमा ‘सुसाइड नोट’ प्रकरण : घटना सामसुम पार्न पूर्व अध्यक्षसहित तीन जनामाथि कारबाही

Tags: कामधेनुटाकुरा विशेषयादप ढकालविवाद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    253 shares
    Share 101 Tweet 63
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    239 shares
    Share 96 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.