Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

शनिबार साँझसम्म चट्याङसहित भारी बर्षा हुने, आइतबारबाट मौसम सफा रहने संकेत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०७७
in समाचार
0
पूर्वी जिल्लामा भारी बर्षा
204
SHARES
Share on FacebookShare on Twitter

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सरिरहेकाले मुलुकका अधिकांश स्थानहरूमा वर्षा भएको हो ।

शुक्रबार देशभरका अधिकांश ठाउँमा मौसम बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शनिबार प्रदेश १, प्रदेश २ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

‘शनिबार साँझदेखि पश्चिम नेपालबाट बिस्तारै पानी पर्न रोकिनेछ,’ उनले भने, ‘त्यसपछि नयाँ प्रणाली आएन भने यसपालिको मनसुन सकिन्छ कि ।

भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि क्रमिक सुधार हुनेछ,’ मौसमविद् मानन्धरले भनिन्, ‘आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्ण रूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्नेछ ।’

महाशाखाको पछिलो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकामा ५९ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, पोखरामा ६९ दशमलव ५, धनगढीमा ३ दशमलव ४ र दिपायलमा ५ दशमलव ८ वर्षा मापन भएको छ ।

यस्तै, डँडेलधुरामा ९ दशमलव २, वीरेन्द्रनगरमा ३५ दशमलव २, नेपालगन्जमा १९ दशमलव ६ र जुम्लामा १५ दशमलव ७ मिलिमिटर वर्षा मापन गरिएको छ । यसैगरी, घोराहीमा ४७ दशमलव १, भैरहवामा १०३ दशमलव ९ र सिमरामा ८० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार र धनकुटामा २ दशमलव ३, विराटनगरमा ७४ दशमलव ७, जोमसोममा १३ दशमलव ५, लुम्लेमा ९१ दशमलव ८, जनकपुरमा ५७ दशमलव ८ र जिरीमा १९ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

यस वर्ष जुन १२ मा नेपाल पसेको मनसुनले औसत वर्षा भएको थियो । समयमै वर्षा भएकाले धान खेती हुने १३ लाख ७१ हजार हेक्टरमध्ये १३ लाख ४९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । अहिले धान पसाउने र पाक्ने बेलामा परिरहेको झरीले भने किसानलाई फाइदाभन्दा नोक्सान बढी गर्छ ।

नेपालका सन्दर्भमा मनसुनको सम्बन्ध कृषिसँग मात्रै छैन, कतिपयका लागि यो समय जीवन–मरणसँग जोडिएको छ । किनकि वर्षामा पहाडमा पहिरो आउँछ, तराईमा बाढी र डुबानले जनजीवन अस्तव्यस्त हुन्छ । कतिले ज्यान गुमाउँछन्, कोही घरबार गुमाउँछन् । थातथलो छोडेर विस्थापित हुन बाध्य छन् ।

गृह मन्त्रालयको तथ्यांकअनुसार यसपालि मनसुन सुरु भएयता देशका विभिन्न भागमा खसेको पहिरोमा २ सय ७३ जनाको मृत्यु भएको छ भने ६५ बेपत्ता छन् ।

त्यस्तै, बाढीले ३६ जनाको ज्यान लिएको छ भने ३९ जना अझै बेपत्ता छन् । पहिरो आउने क्रम अझै रोकिएको छैन । अविरल झरीसँगै आएको बाढी पहिरोमा परी बिहीबार स्याङ्जा, धनकुटा, पाल्पा, नवलपरासी, मकवानपुर, कपिलवस्तु र ललितपुरमा दर्जन बढीले ज्यान गुमाएका छन् भने केही बेपत्ता छन् । ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध भएका छन् ।

अहिले त्यस्तै न्यूनचापीय रेखा मध्यप्रदेश हुँदै विहार र उत्तर प्रदेशमा आइपुगेको महाशाखाले मौसमविद्ले बताएका छन् । बंगालको खाडीबाट वाष्पयुक्त मनसुनी वायु आफूतिर तानिरहेको छ । त्यही वाष्पयुक्त मनसुनी वायुका कारण यो क्षेत्रमा निरन्तर झरी परिरहेको छ । बिहीबारदेखि पश्चिम नेपालमा पनि भारी वर्षा भएको छ ।

‘शनिबार साँझदेखि पश्चिम नेपालबाट बिस्तारै पानी पर्न रोकिनेछ,’ उनले भने, ‘त्यसपछि नयाँ प्रणाली आएन भने यसपालिको मनसुन सकिन्छ कि ।’ हिजोआज परिरहेको झरीको कारण छत्तीसगढमा बनेको न्यूनचापीय क्षेत्र भए पनि नेपालमा पछिल्ला वर्षहरूमा मनसुन सकिनुपर्ने बेला सकिएको छैन ।

सामान्य हिसाबले मनसुनी गतिविधि भएको गत बुधबारदेखि नेपालबाट मनसुनी वायु बाहिरिनुपर्ने हो । ‘नेपालमा औसतमा जुन १० मा मनसुनको आगमन हुने र २३ सेप्टेम्बरमा बाहिरिने गथ्र्यो,’ मौसमविद् पौडेलले भने, ‘तर पछिल्ला वर्षहरूमा त्यो सिलसिला बिग्रिएको छ । मनसुन ढिला आउँछ र ढिलै जान्छ ।’

उनका अनुसार यस्तो क्रम सन् २०१३ देखि देखिएको हो । गत वर्ष पनि १२ अक्टोबरमा मात्र मनसुन नेपालबाट बाहिरिएको थियो । ‘पछिल्ला सात वर्षमा कहिल्यै मनसुन सेप्टेम्बरमा सकिएको छैन । प्रायः अक्टोबरको दोस्रो सातासम्म लागेको छ,’ पौडेलले भने, ‘यस्तो किन भइरहेको छ भन्ने कुरा अध्ययनको विषय बनेको छ ।’

उनले महाशाखाले यसबारे अहिले अध्ययन गरिरहेको जानकारी दिए । ‘संसारभरि नै जलवायु परिवर्तनको असर परेको छ,’ उनले भने, ‘हाम्रो मनसुनमा पनि त्यसैको असरले ढिला आउने र ढिलासम्म बस्ने भएको हुन सक्छ । त्यसको हामी अध्ययन गरिरहेका छौं ।’

धेरैले बंगालको खाडीबाट मनसुन आउने बताउँछन् । तर यो शतप्रतिशत सही होइन । बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन । बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ । भूमध्यरेखामा पर्ने पूर्वी अफ्रिकी मुलुक सोमालियाबाट सुरु हुन्छ, नेपाल आइपुग्ने मनसुन । त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ । पूर्वी अफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावाबारे बुझ्नुपर्छ ।

भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ । उत्तरी र दक्षिणी गोलार्द्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ । त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ । दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए । एउटा ध्रुवमा तीन वटासम्म यस्ता जेट स्ट्रिम हुन्छन् ।

जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन् । मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरक–फरक भइरहन्छ । दुवै ध्रुव नजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ । ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ, जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ । चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दै सर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन् ।

राजधानी दैनिकबाट

Tags: #मनसुन#मौसम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    876 shares
    Share 350 Tweet 219
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    744 shares
    Share 298 Tweet 186
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.