सुनसरी ईनरुवा ९ बस्ने ३५ बर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको छ ।
खेतमा घाँस काट्ने क्रममा दुखनीदेबी अचानक लडेर बेहोस भएकी थिईन् । आफन्तले तत्काल उपचारार्थ लैजादैँ गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, मोरङ सुन्दरहरैँचा १२ मा ३५ बर्षीय कुमार उरामनको लडेर मृत्यु भएको छ ।
सोहि स्थानमा रहेको न्यू पन्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोरतर्फ लैजाने क्रममा अचानक लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको ।














Discussion about this post