Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

माधव पोख्रेल by माधव पोख्रेल
भदौ २८, २०८३
in FEATURE BREAKING, समाचार
0
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता
52
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । त्रियुगा नगरपालिकाको सवै वडामा पुस्ताकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुर र नेपाल लाइब्रेरी फाउन्डेसनबीच सम्झौता भएको छ ।

त्रियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुलाई पठन संस्कृतिको विकास गर्न र मानिसमा पुस्तक पढ्ने बानी बसाउन पुस्तकालयको स्थापना गर्न जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगत र नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्रियुगा नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बालमैत्री, बालबालिकाको ज्ञानमा पहुँच, पठन संस्कृतिको विकास, विद्यालय पुस्तकालयलाई सिकाइको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धताका साथ सहकार्य गर्ने गरी द्विपक्षीय सम्झौता भएको जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए ।

दुवै संस्थाको अगुवाइमा त्रियुगा नगरपालिका अन्तर्गतका १६ वटै वडाका सामुदायिक विद्यालयहरूको अवलोकन भ्रमण गरी विद्यालयमा पुस्तकालय भएनभएको तथा पुस्तकालयको वर्तमान अवस्थाको यथार्थ पहिचान गरिने सम्झौतामा उल्लेख छ । सम्झौतामा पुस्तकालय नभएका विद्यालयमा सम्बन्धित विद्यालयको समेत सहभागिता र सहकार्यमा बालपुस्तकालय स्थापना गरिने उल्लेख छ ।

पुस्तकालय भएको तर पूर्ण नभएको, अव्यवस्थित वा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको विद्यालयमा सम्बन्धित विद्यालयको समेत सहभागितामा पूर्ण रुपमा व्यवस्थित तथा बालमैत्री पुस्तकालयको विकास तथा आधुनिकीकरण गरिने सम्झौतामा उल्लेख छ । पुस्तकालय स्थापना तथा पुनःआधुनिकीकरणका लागि सम्बन्धित विद्यालयको सहभागितामा उपयुक्त कोठा छनौट गरी आवश्यकताअनुसार रङ्ग रोगन, विद्युतीय वायरिङ, फर्निसिङ तथा अन्य आवश्यक भौतिक व्यवस्थापन गरिने सम्झौतामा उल्लेख छ ।

विद्यालय पुस्तकालय परियोजनाको विस्तृत लागत अनुमान तयार गर्ने तथा सोही लागत अनुमानअनुसार आवश्यक स्रोत–साधन जुटाउने कार्यमा दुवै पक्षको समान तथा सक्रिय भूमिका रहने सम्झौतामा उल्लेख छ । यस परियोजनामा सहयोग गर्न इच्छुक व्यक्ति, सङ्घ–संस्था, व्यवसायी, दाता तथा अन्य सरोकारवालाहरूलाई परियोजनामा सहभागी गराउन सहकार्यको ढोका खुला राखिने सम्झौता पत्रमा उल्लेख छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरले परियोजनाको प्रारम्भिक स्रोत व्यवस्थापनका लागि उदयपुर जिल्लास्थित उद्योगी, व्यवसायी, सङ्घ–संस्था तथा सम्पूर्ण सरोकारवालासँग आवश्यक समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै फाउण्डेसनले व्यवस्थित तथा बालमैत्री पुस्तकालयको स्थापना र आधुनिकीकरणका लागि पुस्तकालय व्यवस्थापन सम्बन्धी आवश्यक प्राविधिक तथा संयोजनकारी भूमिका निर्वाह गर्ने पनि सम्झौतामा उल्लेख छ ।

पुस्तकालय स्थापना तथा आधुनिकीकरण कार्य सम्पन्न भएपछि दुवै संस्थाको पहिचान खुल्ने गरी संयुक्त सहकार्य झल्कने बोर्ड राखिने र प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना वा आधुनिकीकरणका लागि सम्बन्धित विद्यालय तथा अन्य सरोकारवालासँग आवश्यकतानुसार छुट्टै समझदारी सम्झाैता गरिनेछ ।

सम्झौता १ वर्ष कायम रहने र दुवै पक्षको सहमतिमा नवीकरण गर्नसकिने जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले जानकारी दिए ।

Tags: पुस्तकालयलाइब्रेरी फाउन्डेसन
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो
समाचार

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका सुकदेव...

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध
समाचार

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

by माधव पोख्रेल
भदौ २८, २०८३
0

उदयपुर । उदयपुरको कोशी किनारामा रहेका बस्तीहरु सम्भावित बाढीबाट जोखिममा रहेकोले स्थानीइ प्रशासनले सतर्कता अपनाउन स्थानीय बासिन्दाहरुलाई अनुरोध गरेको छ...

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

भदौ २८, २०८३
‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

‘जलवायु न्याय चाहिन्छ’ भन्दै रामधुनीमा प्रदर्शन

भदौ २८, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा पालो आवेदन शून्यमा झार्ने अभियान, बिदामा पनि सेवा

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    347 shares
    Share 139 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    292 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    261 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.