इटहरी : नेपाली कांग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत चयन भएका छन्।
नेपाली काँग्रेसकाे महाधिवेशन कार्यतालिकाबमाेजिम इटहरी नगर अधिवेशनबाट घिमिरे र गिरी उपसभापतिमा सर्वसम्मत चयन भएका हुन्। त्यस्तै, सचिवमा सूर्यनारायण चौधरी र सहसचिवमा रोशनकुमार तामाङ सर्वसम्मत चयन भएका छन् ।
नगर सभापतिमा भने विकास केसी सर्वसम्मत मनोनीत भएका थिए । अन्य नगर सदस्य चयनका लागि कसरत भइरहेकाे काँग्रेसले जनाएकाे छ ।
नेपाली काँगेसमा पछिल्लाे समय देखिएकाे असामान्य स्थितिलाई मध्यनजर गर्दै चुनावी प्रक्रियामा नजाने गरी सर्वसम्मतिबाट पदाधिकारी छनौटको कोसिस भइरहेको एक नेताले बताए ।
नगर कार्यसमितिका पदाधिकारीहरू सर्वसम्मत चयन भएसँगै इटहरी कांग्रेसको नयाँ नेतृत्वले पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने अपेक्षा गरिएको छ।
















Discussion about this post