Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशी प्रदेशमा सिमसार पर्यटन

जैविक विविधता र बहुसांस्कृतिक अध्ययनको अवसर

अर्जुन उप्रेती by अर्जुन उप्रेती
अशोज १०, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, विचार
0
56
SHARES
Share on FacebookShare on Twitter

पूर्वी नेपालको झापादेखि धनकुटा सिराहासम्म ७७ वटा सिमसार सरकारी अभिलेखमा सूचीकृत छन् तर पनि एक दर्जनजतिको संख्या अझै थपिन्छ, जुन साना सिमसार क्षेत्र भनेर सूचीकृतमा परेका छैनन् । झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहाको अर्को एउटा साझा पहिचान छ, सिमसार ।

कुनै ठाउँमा पोखरी छ, कतै दलदल, कतै जंगलभित्रको प्राकृतिक दह, कतै नदीले बनाएको बाढीमैदान त कतै चुरेबाट झरेको पानी जम्मा भएको जलक्षेत्र । यी सबैले मिलेर पूर्वी नेपालको सिमसार प्रणाली बनाउँछन् । राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण तथा व्यवस्थापन मास्टर प्लानको जिल्ला वार अभिलेख अनुसार यी ६ जिल्लामा ७५ वटा सिमसार सरकारी अभिलेखमा छन् । झापामा २०, मोरङमा ४, सुनसरीमा २, उदयपुरमा ४, सप्तरीमा १०, सिराहामा ३५ र धनकुटामा २ वटा सिमसार अभिलेख गरिएको छ ।

नेपाल सरकार राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण तथा व्यवस्थापन मास्टर प्लानले तयार गरेको अभिलेखमा नेपालभर ४ सय ३८ सिमसार रहेको उल्लेख छ । तीमध्ये वातावरणीय सेवाका दृष्टिले महत्त्वपूर्ण एक सय एक सिमसार छन् ।

जसमा उल्लेखित ६ जिल्लाका केही प्रमुख सिमसारको नामसमेत समावेश भएको छ । तर यो संख्या जिल्लामा भएका सबै ताल, पोखरी तथा जलाशयको पूर्ण संख्या होइन । उदाहरणका लागि राष्ट्रिय इनभेन्ट्रि अफ लेक्स् ईन नेपालले झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनकुटा र सिराहाका लागि छुट्टाछुट्टै अनुसूची तयार गरेको छ ।

प्रमुख सिमसार क्षेत्रहरूमा सिराहा महादेवा पोखरी मल्हनियाखोरी–२ सिराहा बाबा ताल बडहरामाल–२ सिराहा, कल्याणपुर पोखरी कल्याणपुर जब्दी, सिराहा कमलदह फुलबरिया–१, सिराहा कुम्भीकरिदह चन्द्रलालपुर–४, सिराहा पोखरी सिराहा, सिराहा धबौली पोखरी, सप्तरी लोहजारा ताल लोहजारा–३, सप्तरी बङ्गनीदह कमलपुर–९, सप्तरी डुमरजोर पोखरी सितापुर–१ सप्तरी मनराज पोखरी मनराजा तराई मधेस १२ सप्तरी खनियाँ–दमरदह बकधुवा–८, चुरे पोखरी थेलिया–१,सप्तरी लालभेदी पोखरी धर्मपुर–७, सप्तरी छन् ।

यसैगरी कोशीटप्पु सिमसार, सुनसरी देवीघाट पोखरी महेन्द्रनगर–६,सुनसरी सिमरबना पोखरी भरौल–४, सुनसरी अवधिमधेशा पोखरी चन्दबेला–४, सुनसरीसहित–टोले पोखरी इटहरी–३, इटहरी बजार पोखरी इटहरी–१, दुरान्स चोक पोखरी इटहरी–८, चिमडी ताल चिमडी, मोरङ हसिना सिमसार सुन्दरपुर–६, मोरङ राजारानी ताल भोगटेनी–८, डुमे पोखरी जाँते–९, मिक्लुबेतानी पोखरी मधुमल्ला–५, सुनवर्षी पोखरी गोविन्दपुर–२ मोरङ, झापा बिर्तापोखरी अनारमनी–७, गौरादह पोखरी गौरादह–९ झापा, चिलाङ्गगढी पोखरी सताशिधाम–७, केचना पोखरी केचना–३ झापा, धनुषा पोखरी जलथल–८ झापा, जामुनबारी पोखरी सुरुङ्गा–३ छन् ।

सिराहा जिल्ला सबैभन्दा धेरै सिमसार अभिलेख भएको जिल्ला हो । जहाँ ३५ वटा सिमसार रहेको अभिलेखले देखाएको छ । सिराहाका बाबा ताल, कमल दह र देवी दहबारे सन २०१२ को वेटलेण्ड इनभेन्ट्री या चुरे क्षेत्रले विस्तृत अध्ययन गरेर अभिलेख तयार गरेको हो ।

मास्टर प्लानले सप्तरीमा १० वटा सिमसार रहेको उल्लेख गरेको छ । सप्तरीमा लोहजारा, बङ्गनीदह, डुमरजोर, मनराज पोखरी, खनियाँ दमरदह, चुरे पोखरी, लालभेदी र कोशीटप्पु मुख्य सिमसार क्षेत्र रहेको सरकारी अभिलेखमा उल्लेख छ ।

यता सुनसरीमा चर्चित र धेरै पर्यटकको घुइँचो लाग्ने सिमसारमा महेन्द्रनगरको देवीघाट पोखरी, भरौलको सिमरबना पोखरी, चाँदबेलाको अवधिमधेशा पोखरी र इटहरी २ र ३ का तालतलैयाहरू पर्दछन् । इटहरी नगरपालिका–२ र ३ मा रहेको तालतलैया सिमसारलाई १२ वटा पोखरीको समूहका रूपमा वर्णन गरेको थियो ।

मथि उल्लेख गरिएका केही पोखरी मनोरजन र सिँचाइका लागि निर्माण गरिएका थिए भने स्थानीय संरक्षण तथा विकास समितिले व्यवस्थापन गरिरहेको उल्लेख छ । तालतलैयाले पूर्वी नेपालमा सिमसार र पर्यटन जोड्न सकिन्छ भन्ने एकैदिन १० हजार भन्दा बढी पर्यटक भित्र्याएको उदाहरण प्रस्तुत गरिसकेको छ ।

मोरङ जिल्लामा हसिनादेखि राजारानीसम्म पुग्दा ४ वटा ठूला र महत्वपूर्ण सिमसार मोरङमा मास्टर प्लानमा अनुसार ४ वटा सिमसार दर्ज भएका छन् । तर स्थानीय अभिलेखमा भने पाँचवटा महत्त्वपूर्ण जलक्षेत्र सुचिकृत गरेको छ ।

यी सिमसारमा सबैभन्दा ठूलो पर्यटन सम्भावना वन, चरा, जलाशय र स्थानीय संस्कृति जोडिएको प्रकृति पर्यटन हो ।

तर सिमसार पर्यटनको भविष्य पानीमा डुंगा चलाउने मात्र होइन, चराचुरुङ्गी अवलोकन, प्रकृति पदमार्ग, वेटलेण्ड एजुकेशन, स्थानीय खाना, होमस्टे र सामुदायिक संरक्षणसँग जोडिएर यसलाई दीर्घकालीन पर्यटन उत्पादन बनाउन सकिन्छ । उदयपुर जिल्लामा चार सिमसार, ठूलो नदी प्रणाली रहेको चुरे मास्टर प्लानले उल्लेख गरेको छ ।

सिमसार, पूर्वी नेपालको अन्तर्राष्ट्रिय पहिचान

पूर्वी नेपालमा सिमसारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पहिचान कोशीटप्पु हो । चुरे मास्टर प्लानले कोशी टप्पुलाई सुनसरी, सप्तरी र उदयपुरमा फैलिएको रामसार लिष्टेड वेटलेण्डका रूपमा उल्लेख गरेको छ । अभिलेख अनुसार कोशीटप्पु करिब १७,५०० हेक्टर क्षेत्रफलको अन्तर्राष्ट्रिय महत्वको सिमसार हो । यसले नदी, बाढीमैदान, घाँसेमैदान, जलचर र चराचुरुङ्गीको आवासलाई जोड्छ । त्यसैले कोशीटप्पु संरक्षण क्षेत्र मात्र होइन, यो त पूर्वी नेपालको सिमसार पर्यटन (वेटलेण्ड टुरिजम)को अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा रहेको छ ।

सिमसारले पानी सञ्चित गर्छ, भूमिगत पानी पुनर्भरण गर्छ, बाढीको प्रभाव घटाउँछ । चराचुरुङ्गी र जलचरको आवास दिन्छ र स्थानीय अर्थतन्त्रलाई पर्यटनसँग जोड्न सक्छ ।

पर्यटनको नयाँ अवधारणा

पूर्वी नेपाल सिमसार सर्कल (वेटलेण्ड सर्किट), झापा–मोरङ–सुनसरी–उदयपुर–सप्तरी–सिराहालाई छुट्टाछुट्टै तालको रूपमा प्रचार गर्नुको सट्टा पूर्वी नेपालमा वेटलेण्ड सर्किटका रुपमा विकास गर्न सकिन्छ । झापामा जामुनखाडी–बिर्तापोखरी–केचना, मोरङमा हसिना–राजारानी–मधुमल्ला, सुनसरीमा, तालतलैया–बर्जु–कोशीटप्पु, उदयपुरमा बेलहा गवी–कोशी/त्रियुगा क्षेत्र, सप्तरीमा, पथ्रु–जण्डौल–कमल दह–कोशीटप्पु, सिराहामा बाबा ताल–कमल दह–देवी दह गरी सिमसारलाई एउटै पर्यटन सञ्जालमा जोड्न सकिन्छ ।

त्यसमा चरा अवलोकन बर्ड वाचिङ प्रकृति पदमार्ग, सिमसार शिक्षा (वेटलेण्ड एजुकेशन), स्थानीय होमस्टे, परम्परागत खाना, स्थानीय माछा तथा कृषि उत्पादन, कम्युनिटि गाईड, फोटोग्राफी पर्यटन, अनुसन्धान तथा विद्यार्थी फिल्ड भिजिट जोड्न सकिन्छ । यसबाट संरक्षण र स्थानीय आयबीच सम्बन्ध बनाउदै सिमसार पर्यटन प्रवर्धन गर्न सकिन्छ ।

सिमसार पर्यटनका लागि सबैभन्दा पहिला एउटा एकीकृत सिमसार डाडाबेस तयार गर्नुपर्दछ । पूर्वी नेपालको सिमसार संरक्षणका लागि सबैभन्दा पहिले आवश्यक कुरा सिमसारको सही नक्सा र अभिलेख हो । एउटै डाटाबेसमा प्रत्येक सिमसारको नाम, हालको पालिका, वडा, अक्षांश–देशान्तर, क्षेत्रफल, पानीको स्रोत, सम्बन्धित नदी÷जलाधार, सिमसारको प्रकार, जैविक विविधता, स्वामित्व, संरक्षण अवस्था, जोखिम, पर्यटन सम्भावना र व्यवस्थापन गर्ने संस्था स्पष्टसँग उल्लेख गरिनु पर्दछ ।

वि.सं. २०२१ को राष्ट्रिय ईनभेन्टोरि अफ लेक्स् ईन नेपालले झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहाका लागि अलग–अलग अनुसूची तयार गरिसकेको छ । त्यसलाई चुरे मास्टर प्लान र स्थानीय तहका अभिलेखसँग जोडेर अद्यावधिक गर्ने हो भने पूर्वी नेपालको पहिलो कम्प्रिहेन्सिभ वेटलेण्ड डाटाबेस बनाउन सकिन्छ । ७५ सिमसारको तथ्यांकले दिएको सन्देशमा झापाका २०, मोरङका ४, सुनसरीका २, उदयपुरका ४, सप्तरीका १०, र सिराहाका ३५, भन्ने तथ्यले मात्रै धेरै कुरा केही पनि दिदैँन ।

तर यी अंकभित्र एउटा अर्को ठूलो तथ्य, सूचना, जानकारी लुकेको छ जसमा, कहाँ छ ? कति ठूलो छ ? पानी कहाँबाट आउँछ ? बगेर कहाँ जान्छ ? कुन नदीसँग जोडिएको छ ? कुन र कस्ता प्रजातिका चराले प्रयोग गर्छन् ? कुन वनसँग जोडिएको छ ? कति अतिक्रमणमा परेको छ ? कति पर्यटक आउँछन् ? स्थानीय समुदायले के पाउँछ ? र पाँच वर्षपछि त्यो सिमसार कस्तो अवस्थामा हुनेछ ? यी प्रश्नको उत्तर पनि सँगै खोजिनु पर्दछ ।

पहिले विशाल जलाशय थियो, आज पर्यटनको गन्तव्य बन्दैछ । तर संरक्षणको अभावमा राजा तालको ठूलो भूभाग दलदलमा परिणत हुँदै गर्दा रानीताल पनि दीर्घकालीन संरक्षणको पर्खाइमा छ । पहाडको काखमा हरियो वनले घेरिएको निलो पानी । वरिपरि गुराँस, कटुस र चिलाउनेका रूख । शान्त वातावरणमा तालमाथि चलिरहेको डुंगा । टाढा देखिने पहाडी भू–दृश्य र तलतिर फैलिएको तराईको समथर भूभाग । पहिलोपटक राजारानी पुग्ने पर्यटकका लागि यो दृश्य कुनै चित्रभन्दा कम लाग्दैन ।

धनकुटाको चौबिसे गाउँपालिका–६, राजारानीमा रहेको रानीताल (मावरक) अहिले पूर्वी नेपालको आकर्षक प्राकृतिक गन्तव्यका रूपमा चिनिँदैछ। समुद्री सतहबाट करिब १,६१० मिटर उचाइमा रहेको यो प्राकृतिक स्थायी ताल सिमसार, जैविक विविधता र स्थानीय संस्कृतिको संगम पनि हो ।

भेडेटारबाट डाँडाबजार हुँदै करिब २० किलोमिटरको यात्रापछि पुगिने राजारानीमा तालसँगै वन, पहाडी भू–दृश्य, स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीको अनुभव गर्न सकिन्छ । कोशी प्रदेश सरकारले समेत राजारानीलाई पर्यटन विकासको सम्भावना बोकेको क्षेत्रका रूपमा पहिचान गरेको छ ।

विशाल तालबाट राजा र रानीसम्मको कथा राजारानीको नामसँगै यहाँका दुई पुराना जलाशय—राजा ताल र रानी तालको कथा जोडिन्छ । स्थानीय जनश्रुतिअनुसार विगतमा यो क्षेत्रमा अहिलेको भन्दा निकै ठूलो ताल थियो । पछि तालको पानी दक्षिणतर्फबाट बाहिरिएपछि ठूलो जलाशय टुक्रिँदै राजा र रानी तालको स्वरूपमा आएको स्थानीय भनाइ छ ।

यही दुई तालको अस्तित्वसँग जोडिएर आसपासको बस्तीको नाम पनि राजारानी रहन गएको मानिन्छ । स्थानीय लिम्बू समुदायका लागि यो भूगोल प्राकृतिक मात्र होइन, सांस्कृतिक स्मृतिसँग जोडिएको क्षेत्र पनि हो । ‘मावरक’ नामले चिनिने रानीतालले स्थानीय भूगोल र पहिचानको इतिहास बोकेको छ ।

तर समयसँगै तालको स्वरूप परिवर्तन हुँदै गएको छ । रानीताल संरक्षणका लागि स्थानीयस्तरबाट पहल भए पनि नजिकैको राजा ताल भने ठूलो भूभागमा सिमसार तथा दलदलमा परिणत हुँदै गएको स्थानीय स्रोत र प्रकाशित रिपोर्टहरूले देखाएका छन् ।
६ हेक्टरभन्दा बढी पानी, ९ मिटर गहिराइ नेपाल सरकारको इनभेन्ट्रि अफ लेक्स् ईन नेपाल २०२१ मा राजारानीको रानीताललाई प्राकृतिक, स्थायी र स्वच्छ पानीको बिअगकतचष्लभ धभतबिलम का रूपमा वर्गीकरण गरिएको छ । उक्त राष्ट्रिय सूचीमा तालको उचाइ करिब १,६१० मिटर उल्लेख छ ।

तालको क्षेत्रफल र गहिराइबारे विभिन्न अध्ययनमा केही फरक तथ्यांक भेटिन्छ । वैज्ञानिक अध्ययनहरूमा यसको जलक्षेत्र करिब ६–८ हेक्टर आसपास र अधिकतम गहिराइ करिब ६ देखि ९ मिटरसम्म उल्लेख गरिएको छ ।

रानीतालमा पानी वर्षा, वरिपरिको जलाधार क्षेत्रबाट आउने सतही बहाव तथा भूमिगत जल पुनर्भरणसँग सम्बन्धित छ । त्यसैले तालको संरक्षण भनेको तालमा रहेको पानी मात्र जोगाउनु होइन, सम्पूर्ण जलाधार र वरिपरिको वन प्रणाली जोगाउनु हो ।

ताल वरिपरिको वनले पानी सञ्चय र पुनर्भरणमा महत्वपूर्ण भूमिका खेल्छ । वर्षायाममा परेको पानी जमिनमा छिर्ने, वन क्षेत्रबाट बहाव आउने र भूमिगत पानीको पुनर्भरण हुने प्रक्रियाले तालको जल प्रणालीलाई निरन्तरता दिन सहयोग गर्छ ।

शैवालदेखि गुराँससम्म

जैविक विविधताको संसार राजारानीको विशेषता यसको पानी मात्र होइन, जल–वन पारिस्थितिक प्रणाली हो । ताल वरिपरि चिलाउने, कटुस, गुराँस, उत्तिस तथा सल्लालगायतका वनस्पति पाइन्छन् । जलीय वातावरणमा विभिन्न प्रकारका शैवालसमेत पाइने वैज्ञानिक अध्ययनले देखाएका छन् । यस्ता सूक्ष्म जीवहरू जलीय खाद्य शृंखलाका महत्वपूर्ण आधार हुन् ।

वन र तालको संयुक्त वातावरणले चराचुरुङ्गी, उभयचर, कीरा–फट्याङ्ग्रा तथा अन्य साना वन्यजीवका लागि पनि बासस्थान सिर्जना गर्छ । कोशी प्रदेशको पर्यटनसम्बन्धी विवरणमा राजारानी क्षेत्रमा पुतली तथा सुनाखरी (अर्किड) लगायतका जैविक विविधताको उल्लेख गरिएको छ ।

यसकारण राजारानीलाई ‘पिकनिक स्पट’का रूपमा मात्र हेर्नु यसको वास्तविक महत्वलाई साँघुरो बनाउनु हो । यो एउटा जीवित सिमसार पारिस्थितिक प्रणाली हो । पर्यटनको सम्भावना, संरक्षणको चुनौती आज राजारानीमा घुम्न आउने पर्यटकका लागि तालको डुंगा यात्रा, प्रकृति अवलोकन, फोटोग्राफी, पिकनिक र वरिपरिका डाँडाकाँडा घुमफिर प्रमुख आकर्षण हुन् ।

तर राजारानीको पर्यटन सम्भावना तालमा डुंगा चलाउनेमा मात्र सीमित छैन । सिमसार पदमार्ग, चराचुरुङ्गी अवलोकन, वन्यजीव तथा वनस्पति अध्ययन, साइकलिङ, स्थानीय खाना, लिम्बू सांस्कृतिक अनुभव र ग्रामीण होमस्टेसँग जोडेर यसलाई प्रकृति–संस्कृति पर्यटनको नमुना गन्तव्य बनाउन सकिन्छ ।

स्थानीय लिम्बू संस्कृतिको धान नाच, ढोल नाच, चाडपर्व तथा स्थानीय जीवनशैलीलाई पर्यटन उत्पादनसँग जोड्न सके राजारानीमा पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ । तर पर्यटनसँगै चुनौती पनि बढेका छन् । तालमा फोहोर बढ्नु, अव्यवस्थित पूर्वाधार, निजी जग्गा र संरक्षण क्षेत्रबीचको व्यवस्थापन, जलाधार संरक्षणको अभाव तथा राजा तालको क्रमिक दलदलीकरण मुख्य चुनौती हुन् ।

राजा तालको ठूलो क्षेत्र सिमसार र दलदलमा परिणत हुनु एउटा चेतावनी हो । आज रानीताल सुन्दर देखिए पनि संरक्षण नगरे यसको भविष्य पनि सुरक्षित छैन । त्यसैले अब राजारानीमा पर्यटन विस्तारभन्दा अगाडि वैज्ञानिक संरक्षण योजना आवश्यक छ । तालको सीमांकन, जलाधार संरक्षण, नियमित पानी परीक्षण, जैविक विविधताको अभिलेखीकरण, फोहोर व्यवस्थापन, प्लास्टिक नियन्त्रण, वातावरणमैत्री बोटिङ र स्थानीय समुदायको प्रत्यक्ष सहभागिता अपरिहार्य छ ।

राजा र रानी दुवै ताललाई एउटै सिमसार प्रणालीका रूपमा संरक्षण गर्दै ‘राजारानी सिमसार तथा प्रकृति–संस्कृति पर्यटन क्षेत्र’का रूपमा विकास गर्न सकिएमा संरक्षणसँगै स्थानीय रोजगारी र आम्दानी बढाउन सकिन्छ ।

राजारानीको कथा त्यसैले एउटा सुन्दर तालको मात्र कथा होइन, यो हराउँदै गएको सिमसार, बदलिँदो पहाडी पर्यावरण र त्यसैभित्र पर्यटनको नयाँ सम्भावना खोजिरहेको पूर्वी नेपालको कथा हो ।

राजारानीका दश तथ्य

१. स्थान : चौबिसे गाउँपालिका–६, राजारानी, धनकुटा ।

२. स्थानीय नाम : रानीताललाई स्थानीय रूपमा मावरक नामले पनि चिनिन्छ ।

३. उचाइ : समुद्री सतहबाट करिब १,६१० मिटर ।

४. प्रकृति : प्राकृतिक, स्थायी, स्वच्छ पानीको ताल ।

५. क्षेत्रफल : विभिन्न अध्ययनअनुसार करिब ६–८ हेक्टर आसपास ।

६. गहिराइ : अध्ययन अनुसार अधिकतम करिब ६–९ मिटर ।

७. प्रमुख पानीका आधार : वर्षा, सतही बहाव र भूमिगत जल पुनर्भरण ।

८. जैविक विशेषता : वन, सिमसार, जलीय शैवाल, चराचुरुङ्गी, पुतली तथा विभिन्न वनस्पति ।

९. प्रमुख पर्यटन : बोटिङ, प्रकृति अवलोकन, फोटोग्राफी, पिकनिक, साइकलिङ तथा सांस्कृतिक पर्यटन ।

१०. मुख्य चुनौती : राजा तालको दलदलीकरण, जलाधार संरक्षणको कमजोरी, फोहोर तथा अव्यवस्थित पर्यटन पूर्वाधार ।

धनकुटाको मार्गा पोखरी

धनकुटा नगरपालिका–९–१० क्षेत्रमा रहेको ऐतिहासिक मार्गा पोखरी धार्मिक, सांस्कृतिक र जैविक महत्व बोकेको स्थानीय सिमसार हो । पोखरीसँगै दुर्गा पञ्चायन मन्दिर रहेको छ । सडक विस्तार तथा अतिक्रमणका कारण एक समय पोखरीको अस्तित्व संकटमा परेको स्थानीय स्रोत बताउँछन् । संरक्षणका लागि स्थानीयस्तरबाट घेराबेरा तथा अन्य प्रयास भएका छन् ।

अहिले कोशी प्रदेश सरकारले पनि ऐतिहासिक मार्गा पोखरी संरक्षण कार्यक्रम अघि सारेको छ । पोखरीलाई दुर्गा पञ्चायन मन्दिर, छिन्ताङदेवी क्षेत्र र आसपासको ग्रामीण भू–दृश्यसँग जोडेर धार्मिक–प्रकृति पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

सिमसारमा सबैभन्दा ठूलो पर्यटन सम्भावना वन, चरा, जलाशय र स्थानीय संस्कृति जोडिएको प्रकृति पर्यटन हो ।

Tags: #पर्यटन#विचारअर्जुन उप्रेतीटाकुरा विशेषसिमसार
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म
FEATURE BREAKING

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

धेरै नेपाली युवाका लागि शिक्षा आत्मविश्वास, महत्वाकांक्षा वा स्पष्ट भविष्यको सपनाबाट सुरु हुँदैन । बरु, यसको सुरुवात डर र थकानबाट...

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन
FEATURE BREAKING

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

इटहरी : श्रीलंका टापुको जीवनयापन कृषिमा निर्भर छ । त्यसमा पनि पछिल्लो समय यहाँका बासिन्दाले तरकारी खेती गरेर आर्थिक क्रान्ति...

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३

कोशी प्रदेशमा सिमसार पर्यटन

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.