धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानमै कार्यरत ५६ वर्षीया महिला कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृतक महिलामा उच्च रक्तचापको समस्या रहेको थियो । उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।














Discussion about this post