श्वास फेर्न गाह्रो भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका धरानका एक व्यक्तिको मृत्यु भएको छ ।
धरान १३ का ५३ बर्षीय पुरुषको प्रतिष्ठानमा मृत्यु भएको हो । उनको शुक्रबार पीसीआर परीक्षण गरिए पनि रिपोर्ट भने आइसकेको छैन ।
तर, मृतकको लक्षणहरु कोरोनाको देखिएकोले सोही अनुसार शव व्यवस्थापनको तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मृतकलाई ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत लक्षणहरु देखिएको थियो ।
लक्षण देखिएपछि शुक्रबार वीपीमा गएर स्वाब दिएका थिए । घरमा आराम गरिरहेको बेला हिजो सास फेर्न गाह्रो भएपछि उनलाई प्रतिष्ठान लगिएको थियो ।














Discussion about this post