गएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरका दाबेदारी रहेका, भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हक अधिकारको लागि भएको आन्दोलनका प्रमुख योद्धा एवं सामाजिक, राजनीतिक अभियन्ता गजेन्द्र इस्वोको मृत्यु भएको छ ।
इस्वोको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो । इस्वो केही बर्षदेखि छालाको क्यान्सरको उपचार गराइरहेका थिए ।
सुगरको पनि विरामी रहेका इस्वोलाई पछिल्लो समय कोरोना संक्रमण पनि भएको थियो ।
धरानको विकास निर्माणमा लाहुरेहरुलाई सहभागिता गराउन पनि उनको महत्वपुर्ण योगदान रहेको छ ।
पछिल्लो समय जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उपाध्यक्ष रहेका थिए भने गएको धरानको मेयरको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको उम्मेदवार पनि रहेका थिए ।














Discussion about this post