विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणले थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हेनेमा भुटानी शरणार्थीका ६५ वर्षीय वृद्ध र इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दहालले बताएका छन् ।
दाहालका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भइ सोहि दिन अस्पताल भर्ना भइ आईसीयूमामा उपचाररत भुटानी शरणार्थी वृद्धको बिहान मृत्यु भएको हो ।
यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना भएकी इलामकी वृद्धाको पनि बिहान २ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपचारका क्रममा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा वार्डमा राखेर उपचार सुरु गरेको केही समयमा उनको मृत्यु भएको दाहालले बताए।
दाहालका अनुसार मृतक दुबै जना दमका दिर्घ रोगी हुन् ।














Discussion about this post