सुनसरी स्थायी ठेगाना भएका दईजना कोरोना संक्रमितको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मंगलबार राति मृत्यु भएको छ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषको राति ११ः४० बजेतिर मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका पुरुषको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।
त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजे नोबेलमै मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।
महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको उनले बताए ।














Discussion about this post