झापा/झापाको शिवसताक्षी नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो २ बजे २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका–४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य रहेका छन् । मे ५ प ५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका दुबैजनालाई रोकेर चेकजाँच गर्दा निजहरुको साथबाट २३ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ८४ हजार बरामद भएको थियो ।
लागुऔषध तथा नगद सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मिक्लाजुङमा कविताको वर्षा
मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा ! करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...












Discussion about this post