Saturday, October 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

निर्दयी भगवान ! चारधाम गएको बस दुर्घटनामा दशको मृत्यु भएपछि गाउँ शोकाकुल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १२, २०७६
in समाचार
0
इटहरीबाट भारत तीर्थ यात्रा गएको बस दुर्घटना हुँदा दश जनाको मृत्यु
354
SHARES
Share on FacebookShare on Twitter

इटहरी । दक्षिण भारतमा रहेको चारधाम तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरीका दशजनाको दुर्घटनामा मृत्यु भएपछि इटहरी १० खनारका बासिन्दा अहिले शोकमा छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष प्रकाश चौधरीले दुर्घटनापछि अहिले खनारको गाउँ नै शोकाकुल रहेको सुनाए । उनले भने, ‘मेरो वडाको मात्रै ६ जनाको चारधाम जाँदा मृत्यु भयो, अहिले शब ल्याउँन पनि समस्या भएको छ ।’ एकैघरका श्रीमान श्रीमती सहित ६ जनाको मृत्यु भएकाले गाउँ शोकाकुल अवस्थामा रहेको उनको भनाई थियो । ‘केही घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको सुनिएको छ,’ उनले टाकुरान्यूजसँग भने, ‘केही भने अलपत्र अवस्थामा रहेका छन् ।’ उनले शब कसरी ल्याउँने भन्ने अल्यौल रहेको बताए ।

नेपालबाट तीर्थयात्रा गएका मानिसहरुले त्यहाँको भाषा पनि नबुझ्ने हुँदा घाईतेलाई झनै समस्या रहेको उनको भनाई छ । ‘केही घाईतेको आफन्त पनि जानुभएको छ,’ उनले भने, ‘मैले मेयर सावलाई सम्पर्क गर्ने कोसिस गरिरहेको छु, पार्टीका नेताहरुलाई पनि भनेर शब ल्याउँने कोशिश गरिरहेको छु ।’

उनका अनुसार मृतक सबैको शनिबार पोष्टमार्टम भईसकेको छ । पीडितको घरमा महिला र बालबालिका मात्रै रहेकाले गाउँ शोकाकुल रहेको वडाध्यक्ष चौधरीले बताए । ‘भयावह दुर्घटना भएपछि भारतमा जति सपोर्ट हुनुपर्ने हो त्यति भइरहेको छैन भन्ने कुरा आएको छ, अन्योल भयो ।’ उनले भने । उनले तीर्थयात्राका लागि गएको बस दुर्घटना हुनुले भगवान निर्दयी रहेको बताए ।

माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राती दुर्घटनामा मृत्यु भएको हो । दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटना भएको हो ।

को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किदा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । केहीको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार इटहरी उपमहानगरपालिका वडा १०, ११, १२ साविक खनार र दुहबी ८ का गरी दश जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० बर्षीय रसिलाल चौधरी, ७० बर्षीय वीरबहादुर राई, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी, ६५ बर्षीय गोपाल तामाङ, ६५ बर्षीय टीकाराम चौधरी, ६५ बर्षीया मञ्जु राई रहेका छन् ।

त्यस्तै, रसिलालका पिता पवनलाल चौधरी, फूलसरीका पिता भजनलाल चौधरी र बुधनी चौधरीका श्रीमान केदार चौधरीको मृत्यु भएको छ । टोलीमा ३४ जना रहको प्रहरीले जनाएको छ । अन्य दर्जन बढी घाईते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन
विविध

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

by रासस
अशोज २४, २०८३
0

झापा : चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८३
0

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित मदन भण्डारी लोकमार्गमा सिटी सफारीको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार...

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

अशोज २४, २०८३
कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३
सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

अशोज २३, २०८३
सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

अशोज २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गजलकार पवन गाैतमकाे गजल

गजलकार पवन गाैतमकाे गजल

अशोज २४, २०८३
संसार भुल्दै छु म (कविता)

संसार भुल्दै छु म (कविता)

अशोज २४, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

अशोज २४, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

अशोज २४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.