Sunday, April 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

निर्दयी भगवान ! चारधाम गएको बस दुर्घटनामा दशको मृत्यु भएपछि गाउँ शोकाकुल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १२, २०७६
in समाचार
0
इटहरीबाट भारत तीर्थ यात्रा गएको बस दुर्घटना हुँदा दश जनाको मृत्यु
352
SHARES
Share on FacebookShare on Twitter

इटहरी । दक्षिण भारतमा रहेको चारधाम तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरीका दशजनाको दुर्घटनामा मृत्यु भएपछि इटहरी १० खनारका बासिन्दा अहिले शोकमा छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष प्रकाश चौधरीले दुर्घटनापछि अहिले खनारको गाउँ नै शोकाकुल रहेको सुनाए । उनले भने, ‘मेरो वडाको मात्रै ६ जनाको चारधाम जाँदा मृत्यु भयो, अहिले शब ल्याउँन पनि समस्या भएको छ ।’ एकैघरका श्रीमान श्रीमती सहित ६ जनाको मृत्यु भएकाले गाउँ शोकाकुल अवस्थामा रहेको उनको भनाई थियो । ‘केही घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको सुनिएको छ,’ उनले टाकुरान्यूजसँग भने, ‘केही भने अलपत्र अवस्थामा रहेका छन् ।’ उनले शब कसरी ल्याउँने भन्ने अल्यौल रहेको बताए ।

नेपालबाट तीर्थयात्रा गएका मानिसहरुले त्यहाँको भाषा पनि नबुझ्ने हुँदा घाईतेलाई झनै समस्या रहेको उनको भनाई छ । ‘केही घाईतेको आफन्त पनि जानुभएको छ,’ उनले भने, ‘मैले मेयर सावलाई सम्पर्क गर्ने कोसिस गरिरहेको छु, पार्टीका नेताहरुलाई पनि भनेर शब ल्याउँने कोशिश गरिरहेको छु ।’

उनका अनुसार मृतक सबैको शनिबार पोष्टमार्टम भईसकेको छ । पीडितको घरमा महिला र बालबालिका मात्रै रहेकाले गाउँ शोकाकुल रहेको वडाध्यक्ष चौधरीले बताए । ‘भयावह दुर्घटना भएपछि भारतमा जति सपोर्ट हुनुपर्ने हो त्यति भइरहेको छैन भन्ने कुरा आएको छ, अन्योल भयो ।’ उनले भने । उनले तीर्थयात्राका लागि गएको बस दुर्घटना हुनुले भगवान निर्दयी रहेको बताए ।

माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राती दुर्घटनामा मृत्यु भएको हो । दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटना भएको हो ।

को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किदा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । केहीको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार इटहरी उपमहानगरपालिका वडा १०, ११, १२ साविक खनार र दुहबी ८ का गरी दश जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० बर्षीय रसिलाल चौधरी, ७० बर्षीय वीरबहादुर राई, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी, ६५ बर्षीय गोपाल तामाङ, ६५ बर्षीय टीकाराम चौधरी, ६५ बर्षीया मञ्जु राई रहेका छन् ।

त्यस्तै, रसिलालका पिता पवनलाल चौधरी, फूलसरीका पिता भजनलाल चौधरी र बुधनी चौधरीका श्रीमान केदार चौधरीको मृत्यु भएको छ । टोलीमा ३४ जना रहको प्रहरीले जनाएको छ । अन्य दर्जन बढी घाईते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
समाचार

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०८२
0

संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित कोशी राजमार्गमा भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर...

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा
विविध

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०८२
0

सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहाव सँगसँगै यात्रा गरिरहेका किसान । भोजपुर, उदयपुर, धनकुटालगायत विभिन्न...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ

चैत्र २८, २०८२
यातायात कार्यालय इटहरीमा अनियमितता, प्रमुख मन्त्रालय तानिए

लाइसेन्स ‘सेटिङ’ आरोपमा यातायात इटहरी कार्यालयका तत्कालीन प्रमुखले पाए उन्मुक्ति

चैत्र २८, २०८२
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

चैत्र २८, २०८२
एसिएन हाइवे : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, कारण इन्धन संकट

एसिएन हाइवे : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, कारण इन्धन संकट

चैत्र २८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

चैत्र २८, २०८२
सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

चैत्र २८, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ

चैत्र २८, २०८२
यातायात कार्यालय इटहरीमा अनियमितता, प्रमुख मन्त्रालय तानिए

लाइसेन्स ‘सेटिङ’ आरोपमा यातायात इटहरी कार्यालयका तत्कालीन प्रमुखले पाए उन्मुक्ति

चैत्र २८, २०८२



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1071 shares
    Share 428 Tweet 268
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    687 shares
    Share 275 Tweet 172
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    342 shares
    Share 137 Tweet 86
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    216 shares
    Share 86 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.