Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अविवाहित गीता सयौँकी आमा

निःसहाय बालबालिकाको सहारा बन्दै निःसहाय बालआश्रम

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
बैशाख २९, २०७७
in टाकुरा विशेष, समाचार
0
अविवाहित गीता सयौँकी आमा
667
SHARES
Share on FacebookShare on Twitter

जीवन मरणको दोसाँधमा रहेका, नालीमा फालिएका तथा अपहेलित बालबालिकालाई तीन दशक अगाडिदेखि हुर्काउँदै, पढाउँदै र खेलाउँदै आएकी हुन् गीता गौतमले ।

गौतमले सानै उमेरमा आमाबुवा गुमाएपछि विक्षिप्त बनिन् ।

भारतीय प्रहरीमा जागिर समेत खाएकी उनमा बालआश्रम खोलेर निःसहाय बालबालिकाको सेवा गर्ने इच्छा जाग्यो । उनले छँदाखाँदाको जागिर त्यागेर आश्रम खोलिन् ।

२०४४ सालमा इटहरी ४ मा स्थापना गरिएको निःसहाय बालबालिका आश्रमको सहारा बन्दै आएकी गौतमले आश्रम सुरु गर्दा भारतबाट एक निःसहाय बालिकालाई ल्याएकी थिईन् । स्थापना कालदेखि हालसम्म उक्त आश्रमले सयौँ बालबालिकालाई आश्रय दिइसकेको छ । निःसहाय बालिकाहरुको पढाइपछि विवाह गरेर समेत उनैले कन्यादान गर्ने गरेकी छिन् ।

‘अहिलेसम्म २६ जना छोरीहरुको त यहिँबाट विवाह गरिदिएका छौँ,’ गौतम भन्छिन्, ‘हालसम्म तीन सय बढीलाई हामीले हुर्काइसकेका छौँ, अहिले कोही दिल्ली, कोही काठमाडौँ त कोही अन्य ठाउँहरुमा छन् ।’ उनले हुर्काएका बालबालिकाहरु अहिले कसैको विवाह भइसकेको छ भने कति जना रोजगारीको सिलसिलामा रहेको गौतम सुनाउँछिन् ।

हाल आश्रममा ४१ जना बालबालिका आश्रित रहेका छन् । जसमध्ये १८ जना बालक रहेका छन् भने २३ जना बालिका रहेका छन् । चार महिना देखि २० बर्ष उमेर समूहका बालबालिका आश्रममा रहेको उनको भनाई छ । अहिले लकडाउनका कारण समस्या रहेको भएपनि केही समयअगाडि इटहरी उपमहानगरपालिका तथा विभिन्न संस्थाले खाद्यान्न उपलब्ध गराएको उनले सुनाईन् ।

‘यो संकटको समयमा खाद्यान्न उपलब्ध भएको छ, यो ठूलो कुरा हो,’ उनले टाकुरान्यूजसँग भनिन्, ‘यहाँ सडकमा भेटिएका, आफन्त नभएकाहरु आश्रित छन्, यो संकटको अवस्था छ औषधीपानीमा चाँहि समस्या छ ।’ उनले बालबालिका बिरामी भएको अवस्थामा भने औषधीको अभाव हुन थालेको सुनाइन् ।

‘एउटा बच्चा छ, तीनको फुपु र हजुरबा छन् अरे, हामीले धेरैपटक लिन बोलायौँ, आउँदैनन्,’ उनले बालबालिकाका आफन्तलाई आश्रममा बोलाएको सम्झदैँ भनिन्, ‘कतिपय बालबालिकाका आफन्त पहिचान नै हुँदैन, पहिचान भएपछि लिन बोलाउँदा पनि आउँदैनन् ।’

गौतमले नगरपालिका र प्रहरीले नै सडकमा भेटिएका तथा अपरिचित र बेवारिसे भेटिएका बालबालिका लिन बोलाउँने गरेको सुनाइन् । ‘केही महिना अगाडि ठानाबाट फोन आयो, म गएँ तीन दिन जतिको एउटा बच्चा ल्यायौँ’ उनले स्मरण गरिन्, ‘१८ दिनजति बिराट नर्सिङ होमको आइसियुमा राख्यौँ, सबै क्षेत्रबाट सहयोग मिल्यो, अहिले ती बालिका हाँस्न थालेकी छिन् ।’

उनले सडक छेउको नालीमा माटोले पुरिएको अवस्थामा भेटिएकी ती बालिकाको नाम ‘रिद्धी’ राखिएको सुनाउँदै भन्छिन्, ‘यी बालिकाको बाँच्ने आश थिएन, आइसियुमा धेरैदिन राखेपछि ढुकढुकी आयो, अहिले यहाँ आउँने पाहुनालाई हाँसेर स्वागत गर्ने भएकी छे ।’ आँफूले नै कन्यादान गरेर विवाह गरेका अधिक स्त्रीहरु कहिलेकाँही उनलाई भेट्न काखमा नानी च्यापेर आउँने गरेको गौतम सुनाउँछिन् ।

‘आँफैले हुर्काएका छोरीहरु आफ्ना छोराछोरी बोकेर आउँदा मन हर्कले बढ्दो रहेछ,’ उनले गहकिलो मुद्रामा टाकुरासँग सुनाइन्, ‘छोरीहरुको पढाइ सकिएपछि केटाहरु यहिँ माग्न आइपुग्छन् ।’ उनले आश्रममा मिडिया, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाले सधैँ साथ दिने गरेको बताउँदै भनिन्, ‘आश्रममा सहयोग गर्ने दाताहरु हुनुहुन्छ, कहिले जन्मदिन पनि यहिँ मनाउँनुहुन्छ, तर आश्रमको आवश्यकता दिनानुदिन बृद्धि भइरहेको छ ।’

अविवाहित रहेकी गीता सयौँ निमुखा बालबालिकाकी आमा बनेकी छिन् । उनी आमा मात्र हैन, कुशल गुरु र प्रेरणाकी खानी पनि हुन् । उनी सिंगो इटहरीकी मात्र नभई देशकै उदाहरणीय पात्रका रुपमा परिचित छिन् ।

अहिले देशमा लकडाउन भएका कारण सामान्य परिवार भएका मानिसमा समस्या त छ नै । तर, ठूलो संख्यामा रहेको यो आश्रममा पनि सहयोगी मनहरुले सहयोग गरेमा उदाहरणीय काम हुनेथियो ।

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

आजको राशिफल – भाद्र २१ गते आइतबार
धर्म/संस्कृति

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

by ज्यो. पं. सम्राट् गाैतम
भदौ २६, २०८३
0

२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    338 shares
    Share 135 Tweet 85
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.