टाकुरा न्युज
Monday, July 14, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अविवाहित गीता सयौँकी आमा

निःसहाय बालबालिकाको सहारा बन्दै निःसहाय बालआश्रम

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
प्रकाशित मिति : बैशाख २९, २०७७
0
अविवाहित गीता सयौँकी आमा
648
SHARES
Share on FacebookShare on Twitter

जीवन मरणको दोसाँधमा रहेका, नालीमा फालिएका तथा अपहेलित बालबालिकालाई तीन दशक अगाडिदेखि हुर्काउँदै, पढाउँदै र खेलाउँदै आएकी हुन् गीता गौतमले ।

गौतमले सानै उमेरमा आमाबुवा गुमाएपछि विक्षिप्त बनिन् ।

भारतीय प्रहरीमा जागिर समेत खाएकी उनमा बालआश्रम खोलेर निःसहाय बालबालिकाको सेवा गर्ने इच्छा जाग्यो । उनले छँदाखाँदाको जागिर त्यागेर आश्रम खोलिन् ।

२०४४ सालमा इटहरी ४ मा स्थापना गरिएको निःसहाय बालबालिका आश्रमको सहारा बन्दै आएकी गौतमले आश्रम सुरु गर्दा भारतबाट एक निःसहाय बालिकालाई ल्याएकी थिईन् । स्थापना कालदेखि हालसम्म उक्त आश्रमले सयौँ बालबालिकालाई आश्रय दिइसकेको छ । निःसहाय बालिकाहरुको पढाइपछि विवाह गरेर समेत उनैले कन्यादान गर्ने गरेकी छिन् ।

‘अहिलेसम्म २६ जना छोरीहरुको त यहिँबाट विवाह गरिदिएका छौँ,’ गौतम भन्छिन्, ‘हालसम्म तीन सय बढीलाई हामीले हुर्काइसकेका छौँ, अहिले कोही दिल्ली, कोही काठमाडौँ त कोही अन्य ठाउँहरुमा छन् ।’ उनले हुर्काएका बालबालिकाहरु अहिले कसैको विवाह भइसकेको छ भने कति जना रोजगारीको सिलसिलामा रहेको गौतम सुनाउँछिन् ।

हाल आश्रममा ४१ जना बालबालिका आश्रित रहेका छन् । जसमध्ये १८ जना बालक रहेका छन् भने २३ जना बालिका रहेका छन् । चार महिना देखि २० बर्ष उमेर समूहका बालबालिका आश्रममा रहेको उनको भनाई छ । अहिले लकडाउनका कारण समस्या रहेको भएपनि केही समयअगाडि इटहरी उपमहानगरपालिका तथा विभिन्न संस्थाले खाद्यान्न उपलब्ध गराएको उनले सुनाईन् ।

‘यो संकटको समयमा खाद्यान्न उपलब्ध भएको छ, यो ठूलो कुरा हो,’ उनले टाकुरान्यूजसँग भनिन्, ‘यहाँ सडकमा भेटिएका, आफन्त नभएकाहरु आश्रित छन्, यो संकटको अवस्था छ औषधीपानीमा चाँहि समस्या छ ।’ उनले बालबालिका बिरामी भएको अवस्थामा भने औषधीको अभाव हुन थालेको सुनाइन् ।

‘एउटा बच्चा छ, तीनको फुपु र हजुरबा छन् अरे, हामीले धेरैपटक लिन बोलायौँ, आउँदैनन्,’ उनले बालबालिकाका आफन्तलाई आश्रममा बोलाएको सम्झदैँ भनिन्, ‘कतिपय बालबालिकाका आफन्त पहिचान नै हुँदैन, पहिचान भएपछि लिन बोलाउँदा पनि आउँदैनन् ।’

गौतमले नगरपालिका र प्रहरीले नै सडकमा भेटिएका तथा अपरिचित र बेवारिसे भेटिएका बालबालिका लिन बोलाउँने गरेको सुनाइन् । ‘केही महिना अगाडि ठानाबाट फोन आयो, म गएँ तीन दिन जतिको एउटा बच्चा ल्यायौँ’ उनले स्मरण गरिन्, ‘१८ दिनजति बिराट नर्सिङ होमको आइसियुमा राख्यौँ, सबै क्षेत्रबाट सहयोग मिल्यो, अहिले ती बालिका हाँस्न थालेकी छिन् ।’

उनले सडक छेउको नालीमा माटोले पुरिएको अवस्थामा भेटिएकी ती बालिकाको नाम ‘रिद्धी’ राखिएको सुनाउँदै भन्छिन्, ‘यी बालिकाको बाँच्ने आश थिएन, आइसियुमा धेरैदिन राखेपछि ढुकढुकी आयो, अहिले यहाँ आउँने पाहुनालाई हाँसेर स्वागत गर्ने भएकी छे ।’ आँफूले नै कन्यादान गरेर विवाह गरेका अधिक स्त्रीहरु कहिलेकाँही उनलाई भेट्न काखमा नानी च्यापेर आउँने गरेको गौतम सुनाउँछिन् ।

‘आँफैले हुर्काएका छोरीहरु आफ्ना छोराछोरी बोकेर आउँदा मन हर्कले बढ्दो रहेछ,’ उनले गहकिलो मुद्रामा टाकुरासँग सुनाइन्, ‘छोरीहरुको पढाइ सकिएपछि केटाहरु यहिँ माग्न आइपुग्छन् ।’ उनले आश्रममा मिडिया, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाले सधैँ साथ दिने गरेको बताउँदै भनिन्, ‘आश्रममा सहयोग गर्ने दाताहरु हुनुहुन्छ, कहिले जन्मदिन पनि यहिँ मनाउँनुहुन्छ, तर आश्रमको आवश्यकता दिनानुदिन बृद्धि भइरहेको छ ।’

अविवाहित रहेकी गीता सयौँ निमुखा बालबालिकाकी आमा बनेकी छिन् । उनी आमा मात्र हैन, कुशल गुरु र प्रेरणाकी खानी पनि हुन् । उनी सिंगो इटहरीकी मात्र नभई देशकै उदाहरणीय पात्रका रुपमा परिचित छिन् ।

अहिले देशमा लकडाउन भएका कारण सामान्य परिवार भएका मानिसमा समस्या त छ नै । तर, ठूलो संख्यामा रहेको यो आश्रममा पनि सहयोगी मनहरुले सहयोग गरेमा उदाहरणीय काम हुनेथियो ।

Related Posts

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या
FEATURE BREAKING

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ३०, २०८२
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चौकमा सोमबार बिहान २ः३० बजेतिर सालीमाथि गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको छ। मृत्यु...

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार
विविध

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २९, २०८२
0

बेलबारी : मोरङकाे बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न...

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

प्रकाशित मिति : असार २९, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

मोरङमा खेतमा पानी लगाउन जाँदा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
भारतबाट अवैध माछा आयात हुँदा व्यवसायी संकटमा, चार हजार टन माछा थन्कियो

भारतबाट अवैध माछा आयात हुँदा व्यवसायी संकटमा, चार हजार टन माछा थन्कियो

प्रकाशित मिति : असार २९, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

प्रकाशित मिति : असार ३०, २०८२
खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

प्रकाशित मिति : असार २९, २०८२
झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

प्रकाशित मिति : असार २९, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1081 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    772 shares
    Share 309 Tweet 193
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    769 shares
    Share 308 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    750 shares
    Share 300 Tweet 188
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    703 shares
    Share 281 Tweet 176
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana