Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

१५ बर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि गाउँ निकाला, पीडित भन्छिन्, राती केटाहरु आएर हप्काए

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
जेष्ठ ६, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

सांकेतिक तस्वीर ।

1.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विभिन्न ठाउँमा बलात्कार भईरहेका घटना त हाम्रो आँखा अगाडि नै देखिन्छन्, सुनिन्छन् । बलात्कारपछि न्याय नपाएको कुरा पनि समाजमा विद्यमान छ ।

तर, मोरङको बुढीगंगा गाउँपालिकामा भने एक किशोरी बलात्कृत भएपछि न त न्याय पाईन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो । र, ती किशोरीलाई अगुवाहरुको दबाबमा गाउँबाट निकाला गरियो ।

मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा का १५ बर्षीया किशोरीमाथि दुई महिना अगाडि ५ जनाको समूहले सामुहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुईजनाको समूहले बलात्कार गरे ।

ती अन्य दुईजना पाहुना आएको पीडितको भनाई छ । सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । तर, बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाई छ ।

‘प्रहरी प्रशासनले मुख्य मानिसलाई नै छाडेको छ, पीडित किशोरीकी आमाले टाकुरान्यूजसँग भनिन्, ‘बलात्कारपछि अन्य केटाहरुले राती–राती हाम्रो घरमा आएर जहिल्यै हप्काउने गरे ।’ उनले आफ्नी छोरीलाई बलात्कार गरिएपछि गाउँका अगुवाहरुले नै मिल्न दबाब दिएको बताउँदै भनिन्, ‘सुरुमा चारजनालाई पक्राउ गरिएपनि, पछि दुईजनालाई छाडियो ।’

प्रहरीले ती तीनजनालाई वैशाख ९ गते पक्राउ गरेको थियो । तर, पक्राउ गरेपनि पीडितलाई न्याय नदिलाएको ती पीडित किशोरीकी आमा बताउँछिन् । ‘केटाहरुको आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ उनले आँखाभरी आँसु पार्दै भनिन्, ‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’

बलात्कृत महिला भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिष्कार गरेकोप्रति स्थानीय अगुवाहरुले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ । ‘हामीले कहिँ गएर पनि न्याय पाएनौँ,’ उनले भनिन्, ‘सबैले मिल्न दबाब दिए, न्याय त पाउँनुपर्यो नि ।’

उनका अनुसार ती किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ । ‘बच्चा पेटमा हुर्किरहेको छ, छोरी केही पनि खादिँन,’ उनले भनिन्, ‘मानसिक रुपमा कमजोर हुँदै गएको अवस्था छ, बस्दै गरेको ठाउँ नै छाड्नुपर्ने अवस्था आयो ।’

उनले आँफूलाई सुरक्षाको कुनै प्रत्याभूति नभएको बताउँदै टाकुरान्यूजसँग भनिन्, ‘अरुभन्दा पनि हाम्री छोरीको अवस्था नाजुक छ, हामीले विराटनगर मै गएर उजुरी गर्दा पनि हामीलाई उल्टै हप्काइयो ।’ उनले आँफूले न्याय नपाएकोप्रति प्रहरी प्रशासनमा बारम्बार जानकारी गराउँदा पनि नसुन्ने गरेको बताईन् ।

उता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामबहादुर ढकालले भने ५ जनाले सामूहिक बलात्कार गरेको भएपनि दुईजना नाबालक भएका कारण अदालतले नै छाडेको जिकिर गरे ।

उनले टेलिफोन सम्पर्कमा टाकुरान्यूजसँग भने, ‘५ जनामा ४ जना पक्राउ गर्यौँ, एकजना कपिलबस्तु तिरका रहेछन्, ती व्यक्ति गईहाले, दुईजनालाई भने नाबालक भएका कारण अदालतले नै छाडेको हो ।’

उनका अनुसार अहिले दुईजनालाई भने प्रहरीले जबरजस्ती करणीमा मुद्धा चलाइसकेको छ । गाउँबाट नै निकाला गरियो अरे नि भन्ने प्रश्नमा ढकालले भने, ‘हामीसँग उजुरी आउँन पर्यो नि सुरुमा, जिल्लामा आएर भन्नुस् भनेका छौँ, हामी कारबाही गर्छौँ ।’

उनले गाउँबाट निकाला गरिएको उजुरी गरेमा जो कोही भने कानुनी कारबाहीको बाटो अबिलम्बन गर्ने बताए । ‘मान्छेले प्रहरीलाई दोष देखाएर हुँदैन,’ उनले भने, ‘हामीले कारबाही गर्ने पाटोमा अलिकति पनि पछि हट्नेछैनौँ, त्यहाँ बस्न समस्या छ भने हामी कारबाही गर्छौँ ।’

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
FEATURE BREAKING

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
FEATURE BREAKING

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.