Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी ३ मा राहतमा विभेद भएको भन्दै भ्रामक प्रचार, वडाध्यक्ष भन्छन्, ‘सुनको औँठी लगाउँने पनि राहत माग्न आउँछन्’

परेस पौडेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
इटहरी ३ मा राहतमा विभेद भएको भन्दै भ्रामक प्रचार, वडाध्यक्ष भन्छन्, ‘सुनको औँठी लगाउँने पनि राहत माग्न आउँछन्’
2k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी वडा नम्बर ३ को नमूना टोलका बासिन्दाहरुले यहाँका वडाध्यक्षले राहतमा विभेद गरेको आरोप लगाएपछि वडाध्यक्ष बालकृष्ण बिष्टले राजनीतिक पूर्वाग्रहका आधारमा झुटो प्रचार गरिएको बताएका छन् ।
इटहरीका केही मिडियाहरुले राजनीतिक पूर्वाग्रहका आधारमा झुटो प्रचारमा केन्द्रीत भएको उनले बताएका हुन् । हातमा सुनको औँठी र घाँटीमा सिक्री लगाउँनेहरु लाइनमा लागेको उनको भनाई छ । ‘इटहरीमा त कसैको पार्टीको निर्देशनमा आएर समाचार लेख्ने चलन रहेछ,’ उनले टाकुरान्यूजसँग भने, ‘हिजो इटहरीका केही मिडियामा भ्रामक र कपोकल्पित समाचार आएपछि हामीले आज नै बैठक बसेर कथित समाचारको खेद व्यक्त गर्दै केही निर्णयहरु गरेका छौँ ।’
हालसम्म पहिलो चरणमा वडा नं. ३ का ९ सय १९ घरपरिवारलाई राहत वितरण गरेको उनले बताए । ‘सुनका औँठी लाउँनेहरु अरुलाई रक्सी खुवाएर उफ्राइरहेका रहेछन्,’ उनले भने, ‘सुनियोजित हिसाबमा बद्नाम गर्न खोजियो आज आकस्मिक रुपमा बैठक बस्दा उनीहरुले नै गल्ती भएको स्वीकार गरेका छन् ।’ उनले एक पार्टीका स्थानीय अध्यक्षले नै समाचार सेयर गरेको र भ्रामक प्रचारको पछि लागेको भन्दै जो पीडित छ उसले प्रत्यक्ष भेटेमा आँफूले सहयोग गर्ने बताए । उनले भने, ‘निर्देशनको आधारमा कराउँनेहरु छन्, कोही पीडित भएमा वडाले जस्तोसुकै अवस्थामा पनि सहयोग गर्छ ।’ उनले पत्रकारहरु नै अन्य कोही व्यक्तिबाट सञ्चालित भएर आउँने गरेको बताउँदै भने, ‘तपाईँहरु स्थलगत रुपमा अध्ययन गर्नुहोस्, हामी जनतालाई मारेर आँफू बच्ने पक्षमा छैनौँ । पत्रकार हो भने सहि रुपमा आउँनुहोस्, कोहीबाट सञ्चालित भएर हैन ।’
वडामा खान बाटै बञ्चित कोही पनि नभएको दाबी गर्दै वडाध्यक्ष बिष्टले आँफूले पीडितको घर–घरमा नै गएर अवलोकन गरेकाले दोस्रो चरणको राहतमा उनीहरुलाई घरमै गएर वितरण गर्ने बताए । राहतको नाममा कसैले पनि राजनीतिकरण र विभेद नगर्न अपिल गर्दै उनले भने, ‘हामी मजदूरकै पक्षमा छौँ, मजदूर जनतालाई भोकै राख्ने हाम्रो उदेश्य छैन, बरु हामी भोकै बस्छौँ, तर जनता भोकै राख्दैनौँ, तर भ्रामक प्रचार गर्न बन्द गरियोस् ।’ सामाजिक सञ्जालमा आलोचनात्मक रुपमा समाचार राखिएकाले बिषम् परिस्थितिमा काम गर्न कठीन भएको उनको भनाई थियो ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र
समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

धरान : धरान उपमहानगरपालिका–२० स्थित सिरान सामुदायिक वन क्षेत्रबाट प्रहरीले एक सय २० किलोग्राम गाँजा बरामद गरेको छ। शुक्रबार साँझ...

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश
FEATURE BREAKING

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

विराटनगर : जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनामा अभियुक्त रहेका ताजिम अन्सारी लामो समय सम्पर्कविहीन रहेपछि शुक्रबार...

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३
गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

असार १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३
महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३

लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.