Sunday, November 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

मुन्दुम पदमार्ग चिनाउन डिजिटल पहल, पर्यटकले वेबसाइटबाटै सूचना पाउने

रासस by रासस
कार्तिक २२, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)
58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

पदमार्गको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई सहज रूपमा आवश्यक सूचना उपलब्ध गराउने लक्ष्यका साथ वेबसाइट सञ्चालन गरिएको हो ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको हो । टुरिजम डट कोशी डट जिओभी डट एनपीबाट मुन्दुम पदमार्गसहित अन्य पर्यटकीय क्षेत्रको विषयसमेत जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्राका क्रममा आवश्यकपर्ने जानकारी डिजिटल माध्यमबाट उपलब्ध गराउन वेबसाइट प्रभावकारी हुने अध्यक्ष बस्नेतको भनाइ छ । वेबसाइटमार्फत पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र पर्यटकीय आकर्षणबारे जानकारी लिन सकिनेछ ।

भोजपुर, खोटाङलगायत आसपासका क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । प्राकृतिक सुन्दरता, हिमाली दृश्य, किरात संस्कृति, ऐतिहासिक तथा धार्मिक महत्वका स्थलले यस क्षेत्रलाई पदयात्राका लागि आकर्षक बनाएको छ ।

वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । यसबाट पदयात्रामा आउने पर्यटकलाई यात्रा योजना बनाउन सहज हुनुका साथै स्थानीय पर्यटन व्यवसाय, घरबास तथा अन्य आर्थिक गतिविधिमासमेत टेवा पुग्नेछ ।

मुन्दुम पदमार्गको व्यवस्थित प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको प्रयोगलाई महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ ।

Tags: #भिजिट नेपाल#भोजपुरमुन्दुम पदमार्ग
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा
समाचार

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

by टाकुरा न्यूज । इटहरी
कार्तिक २२, २०८३
0

इटहरी : इटहरीमा ट्रकको ठक्करबाट ज्यान गुमाउने दुई युवक विराटनगरका रहेको खुलेको छ । दुर्घटनामा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय...

हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास
FEATURE BREAKING

हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास

by अर्जुन उप्रेती
कार्तिक २२, २०८३
0

पूर्वी नेपालको संखुवासभा जिल्लामा अवस्थित मकालु हिमाल विश्वको पाँचौँ अग्लो हिमशिखर मात्र होइन, यो प्रकृति, साहसिक पर्यटन, जैविक विविधता र...

साँझपख गुलजार बन्छ धरान

तिहारको किनमेलले व्यस्त बने धरानका बजार

कार्तिक २२, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

कार्तिक २२, २०८३
भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

भोजपुरको पाँचधारेमा धार्मिक पर्यटनको नयाँ आधार

कार्तिक २२, २०८३
इटहरीमा केही समयको अन्तरमा श्रीमान्–श्रीमतीको मृत्यु

इटहरीमा केही समयको अन्तरमा श्रीमान्–श्रीमतीको मृत्यु

कार्तिक २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

कार्तिक २२, २०८३
हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास

हिमालको सौन्दर्यमा लुकेको मकालुको इतिहास

कार्तिक २२, २०८३
साँझपख गुलजार बन्छ धरान

तिहारको किनमेलले व्यस्त बने धरानका बजार

कार्तिक २२, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

कार्तिक २२, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    380 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    330 shares
    Share 132 Tweet 83
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन