Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीकी यी युवतीको ठगी धन्दा, सामाजिक सेवाको नाममा करोडौँ ठगी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १७, २०७७
in समाचार
0
इटहरीकी यी युवतीको ठगी धन्दा, सामाजिक सेवाको नाममा करोडौँ ठगी
3.2k
SHARES
Share on FacebookShare on Twitter

इटहरीकी २३ वर्षीया विद्या सरकार आफूलाई अभियन्ता र समाजसेवीका रूपमा चिनाउँथिन्। फेसबुकमा उनको नाम विद्या शर्मा छ।

उनी कहिले हिमानी ट्रष्टका नाममा, कहिले बलात्कार विरूद्धको आन्दोलनमा, कहिले सामाजिक अभियन्ताको नाममा गतिविधि गर्थिन्। विद्याले कोरोना महामारीका बेला दैलेखसम्म पुगेर राहत वितरण गरेकी थिइन्।

यिनै अभियन्ता ‘विद्या सरकार’ अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छिन्। ठगी अभियोगमा पक्राउ परेकी  विद्या पुसको जाडो हिरासत बिताउँदै छिन्।

उनीबाट परिसरकै महिला प्रहरी जवानकी दिदी गंगा वनसमेत पीडित भएकी छिन्। दैलेखका तीन युवाले जाहेरी दिएपछि विद्यालाई प्रहरीले पुस ६ गते हिरासतमा लिएर अनुसन्धान थालेको हो।

६ गते प्रहरीले पक्रन जाँदा पनि उनी भन्दै थिइन्, ‘सर, मलाई एकछिन छोडिदिनुस्, म मिलाइहाल्छु।’

पक्रेकै क्रममा ‘मुद्दा मिलाउन सक्छु’ भन्ने विद्यालाई हिरासतमा राखेपछि उजुरीकर्ताहरूको ओइरो नै लागेको छ।

परिसर प्रवक्ता डिएसपी प्रमेश बिष्ट भन्छन्, ‘उनीविरूद्ध करोडौं ठगी गरेको भनी मानिसहरू जाहेरी दिन आइरहेका छन्, हामी ती उजुरीकर्ताहरूको विवरण संकलन गरिरहेका छौं।’

बिष्टका अनुसार उनले आफू सिंगापुर रेडक्रस इन्टरनेशनलको नेपालस्थित सिइओ भन्थिन्। नेपालमै र सिंगापुरमा जागिर लगाइदिने भन्दै पैसा संकलन गर्थिन्।

कहिले मृतात्माको शान्तिको लागि, कहिले सामाजिक सेवा र अभियानको निम्ति भनेर धेरै मानिसहरूबाट पैसा उठाएर मानिसहरूलाई पीडित बनाएकी छन्।

समाजसेवाका नाममा ठगी धन्दा गर्ने विद्या सरकार आखिर को हुन्? काठमाडौं प्रहरी अहिले उनको नालीबेली खोजिरहेको छ।

विद्याको ठगी धन्दा

विद्याविरूद्ध उजुरी दिन अहिले भक्तपुरको चाँगुनारायणका तीन जना आइपुगिसकेका छन्। दैलेखका अन्य तीन जनाले उनीविरूद्ध परिसरमा उजुरी दिएका छन्।

उनीहरूबाट विद्याले दुई करोड ठगिसकेको उजुरी आइसकेका छन्।

भक्तपुर चाँगुनारायणकी गंगा र उनकी आफन्त सुजलाका अनुसार विद्याको घर पहिले यहीँ थियो।

तर, उनका परिवार एकाएक हराए। इटहरी गएछन्। २०७५ सालमा विद्या काठमाडौं आएर भक्तपुर गइन्।

विद्या आउँदा गंगा र सुजलासँग भेट भयो। भेट्दा उनले आफू सिंगापुर रेडक्रसको नेपालस्थित सिइओ बनेको बताइन्।

दुबैलाई नेपालमा जागिर लगाइदिने भनिन्। गंगालाई मासिक ५० हजार र सुजलालाई ७० हजार रुपैयाँ तलब दिने बताइन्। गंगालाई स्टाफ र सुजलालाई फिल्ड इञ्चार्ज बनाइदिने बताएकी थिइन्।

अलिअलि खर्च गर्नुपर्छ, सिंगापुर जानुपर्छ भनेर पैसा फुत्क्याइहालिन्। ‘चिनेजानेको मान्छेले जागिर लगाइदिने भन्दा हामी लोभियौं,’ गंगाले भनिन्।

गंगासँग १४ लाख र सुजलासँग पनि त्यति नै पैसा लिइन्।

पैसा लिएपछि उनले २०७५ फागुनमा लण्डन जानुपर्छ र त्यहाँ सिंगापुरको कम्पनीका मानिसहरूसँग भेट्नुपर्छ भनेर सुजलालाई पासपोर्ट बनाउन र अफिसियल ड्रेस सिलाउन लगाइन्।

उनले पासपोर्ट बनाइन्। बानेश्वरस्थित राष्ट्रिय पोशाक घरमा गएर ड्रेस सिलाइन्।

उनले भिजिट भिसामा दुबई पुर्‍याइन्। दुबईमा उनले सिंगापुरबाट रेडक्रसका डोनरहरू आउँछन् भनेकी थिइन्।

पाँच दिन दुबई बस्दा कोही आएनन्। न ड्रेसकै काम भयो।

सुजला अत्तालिन थालिन्। सोधीखोजी गर्दा ‘अब नेपालमै आउने रे, उतै जाउँ’ भनिन् र फर्काइन्।

यसपछि कहिले दार्जिलिङ, कहिले सिक्किम, कहिले इलाम, इटहरी चक्कर लगाइन्।

‘ए हामी त घुम्दा नै पैसा आउँछ केको चिन्ता भनेर दार्जिलिङदेखि इलामको सानो पाथीभरासम्म घुमाइन्,’ गंगाले भनिन्।

लामो समयसम्म वनद्वयले जागिर पाएनन्।

पैसा डुबेको डुब्यै भयो। गंगाले त्यसपछि परामर्श गरेर परिसरमा कार्यरत् आफ्नी बहिनीको सहयोग लिइन्, जतिबेला दैलेखका युवाले जाहेरी दिइसकेका थिए।

दैलेखका युवाले जाहेरी दिएपछि उनी पक्राउ परिन्। यसपछि वन दिदीबहिनी पनि प्रहरीको सम्पर्कमा पुगेका छन्।

वन दिदीबहिनीकै नातेदार चाँगुनारायणकै मोहनकुमार वनलाई पनि विद्याले छक्याइन्।

छोरालाई सिंगापुर रेडक्रसमा काम लगाइदिने भनेर पटक-पटक गरी विद्याले १४ लाख रुपैयाँ लिएकी छिन्।

अचम्म यो छ कि वन दिदीबहिनी र मोहनकुमारले पैसा दिएको कुनै प्रमाण विद्याले सद्धे राखेकी छैनन्। सुजालालाई त अझ आफ्नै बैंक खातामा पैसा जम्मा गर्न लगाएर उनकै चेक र एटिएमबाट पैसा लिइन्।

‘अहिले प्रहरीमा उजुरी दिन खोज्दा मैले पैसा दिएको कुनै प्रमाण नै देखिएन, साह्रै हैरानी भएको छ,’ सुजाला भन्छिन्।

शौरभ भण्डारी पनि विद्याबाट ठगिएका छन्। उनको ४० लाख रुपैयाँ विद्याले ठगेकी छिन्। भक्तपुरकै मीना राउतको १६ लाख ठगेकी छिन्।

दैलेखमा उधारोमा तीस लाखको राहत बाँडेर ६० लाख असुली

विद्या लकडाउनका बेला गत असारमा दैलेख पुगेकी थिइन्। दैलेख जानुअघि त्यहाँका विवेक थापालाई फेसबुकमा साथी बनाइन्।

विवेक एक जना प्रहरी निरीक्षकका आफन्त हुन्। ती प्रहरी निरीक्षकमार्फत् फेसबुकमा साथी बनाएर उनले दैलेखमा राहत बाँड्ने भनिन्।

थापालाई पनि सिंगापुर रेडक्रस इन्टरनेसनलको नेपालस्थित सिइओ भनेकी थिइन्। त्यहाँ पुगेपछि सरकारले थापा र अन्य दुई जनालाई अमेरिका पठाइदिने भनिन्।

‘अमेरिकाकाको रेडक्रस शाखामा काम लगाइदिने भन्नुभयो, हामी पैसा खर्च गर्न तयार भयौं,’ थापाले भने।

तीन जनाबाट उनले ६० लाख रुपैयाँ लिइन्। बाँकी ३० लाखको राहत सामग्री किन्न लगाइन्। थापाले चिनजानका व्यवसायीबाट उधारोमा सामग्री मगाए।

‘सामाजिक काम न हो अहिले मिलाऔं, उहाँ ठूलै मान्छे हुनुहुँदो रहेछ भनेर उधारोमा राहत किनेर बाँडियो,’ थापा भन्छन्, ‘अहिले त्यो पैसा कसले तिर्ने ठेगान छैन, मलाई ताकेता आउँछ। कम्ता अफ्ठ्यारो परेको छैन।’

विद्याले जिल्ला प्रशासन कार्यालयकै कर्मचारीहरूसँग मिलेर राहत बाँडेकी थिइन्।

‘कात्तिक २९ गते हामीलाई युएस उडाउने कुरा थियो, तर यो काम नभएपछि हामी उजुरी दिन बाध्य भयौं,’ थापाले भने।

विद्या भारत, मलेसिया, दुबई इन्डोनेसियालगायत देश घुम्ने गर्थिन्। दरबारमार्गका महंगा रेष्टुरेन्ट र रात्री क्लबमा उनले समय बिताउने गरेको देखिन्छ।

उनको फेसबुकको प्रोफाइलमा नेता तथा सामाजिक प्रतिष्ठा आर्जन गरेका व्यक्तिहरूसँग खिचाइएका तस्बिर देखिन्छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, क्याप्टेन विजय लामा, फिल्मकर्मी दयाहाङ राई, श्वेता खड्का लगायतका व्यक्तिसँग खिचेका तस्बिर उनले फेसबुकमा राखेकी छन्।

विद्याले थुप्रै व्यक्तिलाई प्रलोभनमा पारेर रकम ठगी गरेको गुनासो आइरहेका छन्।

राहत वितरणकै लागि भनेर विभिन्न व्यापारिक संस्थाबाट सामान लिएको तर पैसा नदिएको मौखिक गुनासो प्रहरीमा छ।

तीन वर्षअघि नै उनले ठगी गर्ने गरेको कुरा बाहिर आएको थियो। उनले आफू ‘फेमिना चापागाईं’ भएको बताउँदै झापाका एक युवासँग बिहे गरेकी थिइन्। बिहेपछि ठगी गरेका व्यक्तिबाट रकम फिर्ताका लागि ताकेता आउन थालेपछि ती युवाले उनको साथ छोडेका थिए।

खिलानाथ ढकालले लेखेको यो समाचार सेतोपाटीबाट साभार गरिएको हो ।

Tags: #इटहरी#ठगी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य
विविध

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८३
0

धान उत्पादनमा प्रख्यात मानिने ओखलढुङ्गाको रामपुरटारमा खेत रोपाइँ सकिएपछि ड्रोनबाट देखिएको दृश्य । जिल्लामा धान लगाउने तीन हजार ८०३ हेक्टर...

विविध

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

by रासस
साउन २७, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको...

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३
कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

साउन २७, २०८३
आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

साउन २७, २०८३
ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.