Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

काव्यबाटिका विवाद उत्कर्षमा, सुविद गुरागाईको संयोजकत्वमा संरक्षण सरोकार समूह गठन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०७७
in टाकुरा विशेष, समाचार
0
काव्यबाटिका विवाद उत्कर्षमा, सुविद गुरागाईको संयोजकत्वमा संरक्षण सरोकार समूह गठन
248
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ५ मा रहेको पर्यटकीय गन्तव्य काव्यबाटिकामा वडा कार्यालयको भवन बन्ने विषयलाई लिएर केही व्यक्तिहरुबीच अहिले पनि तीक्तता रहेकाले बुधबार इटहरीमा यहाँका सरोकारवालाहरुको बैठक बसिएको छ ।

इटहरी मेट्रिक्समा बुधबार बसिएको बैठकले संरक्षण सरोकार समूह गठन समेत गरिएको छ । अग्रज पत्रकार तथा साहित्यकार सुविद गुरागाईको संयोजकत्वमा उक्त समूह गठन गरिएको हो । बीचमा समूहलाई पूर्णता दिनेगरी बैठक बस्नेगरी गुरागाईको संयोजकत्वमा समूह गठन गरिएको हो ।

२०६० सालमा कलाकारहरुले मूर्तिकला कार्यशाला, चित्रकला शिविर, नाट्य शिविर जस्ता कार्यक्रम सँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उदेश्यले स्थापना भएको काव्यबाटिका हाल विवादमा रहेको छ । केही सीमित व्यक्तिहरुको स्वार्थका लागि वडा कार्यालयको भवन बन्ने विषयलाई लिएर अहिले विवाद सिर्जना भएको हो ।

काव्यबाटिकाका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार बिक्रम श्री ले आफूलाई लान्छना लगाएको सम्झदैँ त्यस समयमा प्रतिकुलता भएपनि अनुकूलताको खोजीतर्फ लागेको बताए ।

उनले भने, ‘कला साहित्यका लागि ठूलो लगानी मेरो व्यक्तिगत भएपनि अहिले केही व्यक्तिवादीका कारण समस्या उत्पन्न भएको छ ।’ उनले जनप्रतिनिधि आन्तरिक मिलेमतोमा लागेको आरोप लगाए ।

‘काव्यचेतना नभएकाले नेतृत्व गर्नुको दुष्परिणाम अहिले स्रष्टाहरुले भोगिरहेका छन्,’ उनले भने । पर्यटकीय विकास सँगै श्रष्टाहरुको भेला गर्ने ठाउँको रुपमा विकसित गर्ने उदेश्यले काव्यबाटिका स्थापना भएपनि अहिले समस्या भइरहेको उनले बताए ।

अग्रज पत्रकार तथा साहित्यकार कृष्णबिनोद लम्सालले काव्यचेतनाका कुरा हुने ठाउँमा फनपार्क निर्माण हुने कुरा बाहिर आउनु अनुचित रहेको तर्क गरे । ‘यत्रो समय के हेरेर बसेका थियौ ?’ भन्ने प्रश्न उठिरहेको समयमा जनप्रतिनिधिले असहयोग गरेको बताउँदै उनले अहिले यहाँ रुख काटिनुले आफूहरुको मनमा आघात पुगेको उनले बताए ।

यहाँका स्रष्टाहरु एक भएर काव्यबाटिका बचाउ अभियान सन्चालन गर्न आवश्यक रहेको बताउँदै कृति र प्रकृतिको संगमस्थल बनाइनुपर्ने योजना अघि सार्नुपर्ने उनको भनाइ थियो ।

काव्यबाटिका संरक्षण सरोकार समूहका संयोजक तथा पत्रकार सुविद गुरागाइइले विभिन्न मानिसले उक्त क्षेत्र विकासका लागि समय व्यतीत गरेपनि अहिले विचित्र अवस्थामा पुगेको उदृत गरे ।

‘केही कुण्ठित व्यक्तिहरुको कारण यहाँको नागरिक समाज र कविलाई यसले छुन छोडेको छ,’ उनले टाकुरासँग भने, ‘अहिले त कवि, कलाकारको संवेदना नै मरेको जस्तो अवस्था भइसक्यो, यसलाई सबै मिलेर जोगाउन आवश्यक छ ।’

स्थानीय तारा पोखरेल, सुष्मा तिम्सिना लगायतले व्यक्तिगत स्वार्थका लागि भू माफियाहरु सक्रिय रहेकाले सचेत हुने समय आएको तर्क गरे ।

नियतवश रुपमा कलाकर्मीमाथि आक्रमण भइरहेकाले यस क्षेत्रमा काव्यिक कार्यक्रमलाई तीब्रता दिन आवश्यक रहेको उनीहरुको भनाई थियो ।

यो पनि – व्यक्तिगत स्वार्थका कारण काब्यबाटिकाको इतिहास मेटिने खतरा, वडाध्यक्ष भन्छन्, ‘काब्यबाटिका वेश्यालय हो’

Tags: #इटहरीकाव्यबाटिकाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?
FEATURE BREAKING

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति...

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
समाचार

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

by रासस
बैशाख १९, २०८३
0

झापा : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1527 shares
    Share 611 Tweet 382
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    558 shares
    Share 223 Tweet 140
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.