इटहरी : सुनसरीमा माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । बुधबार (आज) बसेको डिसिसिएमसिको बैठकले जिल्लाभर माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।
प्रशासनद्धारा जारी विज्ञप्तीको बुँदा नम्बर ५ मा औषधी र स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसाय सम्बन्धी पसल पेट्रोल पम्प र ग्याँस सिलिन्डर बाहेक अन्य पसल व्यवसाय खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसल समेत पूर्ण रुपमा बन्द गर्ने उल्लेख गरिएको छ ।
यसअघि प्रशासनले वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेपनि कोरोना महामारीको अवस्था भयावह भएको भन्दै आज बसेको बैठकले माछामासु, डेरी, तरकारी तथा फलफूल पसल समेत बन्द गर्न प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
यद्यपि, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ बोको गाडी, मासु तथा मासुजन्य वस्तु बोकेको सवारी साधन भने प्रशासनको अनुमति लिएर सञ्चालन गर्न पाउने ढकालले बताए ।
उनका अनुसार आज बसेको बैठकले आगामी जेठ १५ गते राति १२ बजेसम्म लागू हुनेगरी लकडाउन जारी गरेको छ ।
सर्वसाधारण मानिस औषधी खरिद र उपचारका लागि बाहेक घरबाहिर ननिस्कन, सरकारद्धारा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य प्रयोग गर्न कुनै पनि स्थानमा भेला, जमघट, पार्टी, भोज, सभासम्मेलन नगर्न, कोभिडको लक्षण देखिएमा तुरुन्त नजिकका स्वास्थ्य संस्थामा जानका लागि प्रशासनले अपिल गरेको छ ।
त्यस्तै, सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्था, बिमा एवं राष्ट्र बैँकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरेर माथिल्लो निकायको स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।
आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग निन्त्रण ऐन २०२० अनुसार कानुन बमोजिम कारबाही समेत गरिने प्रशासनले जनाएको छ ।

यो पनि – सुनसरी जिल्लाभर जेठ १५ गतेसम्म लकडाउन (सूचनासहित)
यो पनि – इटहरीमा निषेधाज्ञाको अवधि थपियो, औषधी पसल बाहेक सबै व्यापार बन्द (सूचनासहित)
यो पनि – इटहरी आउनेलाई बुढीखोला पुलमा कडाई, प्रवेशमा पूर्ण रोक (तस्वीरहरुसहित)
यो पनि – होटलको विषयमा सुनसरी प्रशासनले निर्णय सच्यायो (निर्णयसहित)
यो पनि – कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा सुनसरीसहित पूर्वका तीन जिल्ला (सूचीसहित)
यो पनि – सुनसरीमा शुक्रबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय
यो पनि – इटहरीमा निषेधाज्ञा उल्लंघन गर्ने ४५ जना व्यवसायी नियन्त्रणमा














Discussion about this post