इटहरी : इटहरी १ आँपगाछीमा भयानक दुर्घटना भएको छ । सोमबार ३ बजेर २५ मिनेटको समयमा आँपगाछी चौकमा भयानक दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार को १ क ३४४१ नम्बरको दूध बोकेको गाडीले स ५ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोरङ सुन्दरहरैँचाका २५ वर्षीय नरेश यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकाले उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको थियो ।
उपचारको क्रममा यादवको दिउँसो अन्दाजी ४ बजे मृत्यु भएको वीपी प्रतिष्ठानले पुष्टि गरेको छ ।
दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन इटहरीतर्फ गइरहेको स्थानीयको भनाइ छ ।














Discussion about this post