Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जीवन परिवर्तनको पाठ सिकाउँदै अम्मली

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
असार २५, २०७८
in टाकुरा विशेष, समाचार
0
411
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरी वडा नं. २० का सुरेश गुरुङ ‘तनुज’ १२ वर्षको उमेरदेखि नै लागूऔषधको लतमा फसि सकेका थिए । उनी अहिले ३६ वर्ष पुगे । यतिबेला एकपल्टको कुलती सधैंको कुलती हुँदैन भन्ने सोचाइलाई प्रमाणित गर्दै उनको जीवनले ‘यु टर्न’ लिएको छ ।

यतिबेला उनको दिनचर्या फेरिएको छ । जीवनमा चामत्कारिक परिवर्तन आएको छ । कुलतमा फसेका युवालाई परिवर्तन ल्याउन सुधार केन्द्रमा बसेपछि उनी ‘रिकभर’ भएर घर फर्किएका छन् । उनले लागूऔषधको कुलतबाट सुध्रिएका आफ्नो सर्कल खोज्न थालेका छन् । विभिन्न संस्थामा आवद्ध भइ लागूऔषध प्रयोगकर्तालाई जनचेतना फैलाउने अभियानमा सुरेश लागेका छन् । उनले लागूऔषधबाट मुक्त भएको अहिले तीन वर्ष विति सकेको छ ।

चारैतिरबाट हन्डर खाएपछि मात्र उनको आँखा खुल्यो । अब सुध्र्रनुपर्छ भन्ने लागेपछि केही शुभचिन्तकहरुको सहयोगमा केही समय सुधारकेन्द्रमा बसे र सामान्य अवस्थामा फर्किन सम्भव भएको सुरेशले बताए ।

पहिलोपटक लागूऔषधको कुलतबाट छुटकारा भएपछि उनले विवाह गरे । त्यसछि उनलाईं आम्दानी गर्ने सोच जाग्यो । र, नेटवर्किङ बिजनेस गरे । तर, नेटवर्किङ बिजनेसमा सफलता हात लाग्न सकेन । घाटा लागेपछि पुनः लागूऔषध प्रयोग गर्न थाले । एकपटक ‘रिकभर’ भइसकेपछि पनि फेरि आफू लागूऔषधमै फसेको सम्झदैँ उनले भने, ‘सुधार केन्द्रमा बस्दा पैसा कमाएर सहि प्रयोग गर्नुपर्छ, नभए फेरि लागूऔषध प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान लिएको थिएँ, नभन्दै त्यस्तै भयो ।’ दोस्रोेपटक सुधारकेन्द्रमा जब हामी जिउनुको अर्थ र ज्ञान पाए, त्यो बेला ठूलो विजय प्राप्त गरेजस्तो उनलाई अनुभव भयो ।

कक्षा ६ मा पढ्दादेखि नै उनी साथीभाईको लहैलहैमा लागेर चुरोट खान सुरु गरे । चुरोट खानु हुन्न भन्ने उनलाई त्यतिबेला ज्ञान थियो । तर, सिनियर दाइहरुको सिको गरेर चुरोट खादै जादा विस्तारै त्यसको नशामा फसे । बिस्तारै अरु मानिसहरु डराउने देखेका कारण उनी लागूऔषध प्रयोग गर्न सुरु गरेको उनले स्मरण गरे ।

गुरुङसँगको बसाईमा यतिबेला बाहिर वर्षात हुन लागेको थियो, चियापसल शान्त थियो । उनी अलिकता भावुक बने, बग्न लागेका आँसु आँखाभरी थामे । केहीबेर मौन रहे र फेरि आफ्नो विगत स्मरण गर्न थाले ।

आफ्नो विगत सम्झदैँ उनी भन्छन्, ‘चुरोट खानेको ठूलो ग्याङ हुन्थ्यो, उनीहरुसँग सबैजना डराउँथे पनि । मैले त्यही कारण विस्तारै सिको गर्दै गएँ ।’ उनले चुरोट खाएको एक वर्षभित्रै पुरै कुलतमा फसि सकेका थिए । भारतको जोगबनी नाकामा गएर लागूऔषध प्रयोग गर्थे । जोगबनीमा पुगेर उनले नाइट्रोजन ट्याबलेट लगायतका लागूऔषध प्रयोग गर्न थाले ।

‘एक कान, दुई कान मैदान हुँदै घर समाजमा थाहा भयो, त्यसपछि ७ कक्षादेखि धरानको पुलिस स्कुलमा होस्टल लगाइयो,’ लागूऔषधको प्रयोगसँगै आफ्नो बालापन सम्झदैँ उनले अगाडि थपे । त्यहाँ उनका झन् धेरै लागूऔषध प्रयोगकर्ता साथीहरू भेटिए । धरानमा झण्डै सात महिना बस्दा उनले आफूलाई गहिरो मानसिक असर परेको स्मरण गरे ।

उनी भन्छन्, ‘धरानमा बस्दा दैनिक लागूऔषध खान मन लाग्थ्यो, एकान्तमा मात्रै बस्ने गर्न थालेँ, स्कुल जाने र पढ्ने त बाहना मात्रै हुन्थ्यो ।’ पुलिस स्कुलमा सात महिनाको बसाइपछि एकरात उनले त्यहाँबाट भाग्ने निधो गरे । भागेर पुनः तरहरामै आए । र, यहीँको एक स्कुलमा अध्ययनलाई अगाडि बढाए । तर, विद्यालय जान थालेपनि पनि उही लतले नछाडेपछि उनलाई स्कुलबाटै निष्कासन गरियो ।

सोह्र/सत्रकै उमेरमा झैझगडा, चोरी, लुटपाट जस्ता क्षेत्रमा लागेपछि विद्यालयले पनि निष्कासन गरिदिएको थियो । लागूऔषधको प्रयोगका कारण प्रहरी केस हुँदा भागेर पहाड समेत पुगेका थिए, उनी । घरको एक्लो छोरा लागूऔषधमा फस्दै गएको थाहा पाएपछि परिवारमा तनाब भयो । उनी भन्छन्, ‘मेरो पारिवारिक पृष्ठभूमि लाहुरे हो, दैनिक घरबाट पैसा दिन्थे, अरु साथीहरुसँग पैसा हुन्थेन, लागूऔषध प्रयोग गर्न त्यो बेला दैनिक चारसय रुपैँयासम्म लाग्थ्यो ।’

लागूऔषध प्रयोगका लागि दैनिक पैसा चाहिने भएकाले ढाँट्ने, ठग्ने, चोरी गर्नेजस्ता क्रियाकलाप पनि भएको उनले सुनाए । ‘एसएलसी चैँ पास गर्नुपर्छ भन्ने लागेर सामुदायिक विद्यालयमा भर्ना भएँ, नसामा पुरै फसि सकेकाले गर्दा एसएलसी पनि पास गर्न सकिएन,’ उनले सुनाए ।

गुरुङसँगको बसाईमा यतिबेला बाहिर वर्षात हुन लागेको थियो, चियापसल शान्त थियो । उनी अलिकता भावुक बने, बग्न लागेका आँसु आँखाभरी थामे । केहीबेर मौन रहे र फेरि आफ्नो विगत स्मरण गर्न थाले । आफूहरु त्यसबेलाताका चोकमै, होटलमै गाँजा भरेर खाने, घर नआउने जस्ता क्रियाकलाप गरेको सम्झदाँ अहिले खिन्न हुने गरेको उनी सुनाउँछन् ।

‘बिहान उठनेबित्तिकै ब्रस होइन, लागूऔषध चाहिन्थ्यो, कहिले सिरानमै हुन्थ्यो त कहिले जोगबनी जाने र त्यहाँ खुल्ला रुपमा खान पाइन्थ्यो,’ उनले टाकुरासँग आफ्नो जिन्दगीमा भए गरेका घटनाक्रमहरु सम्झदैँ भने, ‘त्यतिबेलासम्म गोटिमा मात्रै सीमित भएपनि जनयुद्धकालमा चैँ ब्राउनसुगरमै फसेँ ।’

उनले जोगबनीसँगै झापा काकडभिट्टा पानीट्याङ्की पुगेर लागूऔषध प्रयोग गर्ने गरेको पनि घटना सुनाए । ‘टाढा पुगेपनि राति घर आउनैपथ्र्यो, भोलि फेरि लागूऔषध प्रयोग गर्न पैसा चाहिन्थ्यो, कहिले समूह बनाएर चोरी गर्नुपथ्र्यो त कहिले कुटपिट गरेर पैसा समेत माग्नुपथ्र्यो,’ अलिक मलिन अनुहारमा उनले भने । गाडीभाडामा स्टाफ भनेपछि भाडा पनि उनले तिर्दैन्थे । अझ तरहराको मानिस भनेपछि कुनै गाडीले भाडा लिन्थेन, भाडा लिएमा गाडी छेकेर कुटपिट पनि गर्थे । उनका अनुसार लागूऔषध सेवनका लागि पैसा अभाव हुँदा जे गरेर पैसा प्राप्त हुन्छ त्यही काम गरे ।

एकदिन साउनको महिनामा बोलबम जाने क्रममा उनी धरानको तीनकुनेमा प्रहरीको ‘चेकिङ’मा परे । त्यहाँ लागूऔषधसहित उनलाई पक्राउ गरिएपनि एकैदिनमा धरौटीमा रिहा भए । प्रहरीले पक्राउ गरेपनि उनी लागूऔषधको लतबाट मुक्त भएनन् । त्यसको लतमा फस्दै गएपछि परिवार र आफ्ना साथीभाइ नै लाचार बनेर सुधार गृह हालिएको उनले बताए ।

‘म सँगै पहिला लागूऔषध प्रयोग गरेका तर एकपटक सुधार केन्द्र बसेर आएका साथीहरुको सहयोगमा ११ वर्ष अघि परिवारले इटहरीको एड नेपाल सुधार केन्द्रमा हालिदिनुभयो, त्यहाँ छ महिना बसेपछि रिकभर भएँ,’ सुरेश भन्छन् । चार महिना उपचार गरेपछि परिवारलाई निकै दुःख दिएको रहेछु भन्ने अनुभूत भएको उनले सुनाए ।

‘लागूऔषध’ को प्रयोगले सोच्ने शक्ति बन्द हुने उनी बताउँछन् । लागूऔषध प्रयोगकर्ताहरुको साथी छिटो बन्ने, अन्जान मानिस पनि क्षणभरमै घनिष्ठ साथी बन्ने उनको अनुभव छ ।

‘बिहान उठनेबित्तिकै ब्रस होइन, लागूऔषध चाहिन्थ्यो, कहिले सिरानमै हुन्थ्यो त कहिले जोगबनी जाने र त्यहाँ खुल्ला रुपमा खान पाइन्थ्यो,’ उनले आफ्नो जिन्दगीमा भए गरेका घटनाक्रमहरु सम्झदैँ भने, ‘त्यतिबेलासम्म गोटिमा मात्रै सीमित भएपनि जनयुद्धकालमा चैँ ब्राउनसुगरमै फसेँ ।’

‘केही समय मात्रै हो समाज, परिवारसँग लुकाएर खाने, पछि बाहिरिहाल्छ, लागूऔषध प्रयोग गर्नेहरुलाई नियन्त्रण गर्नै सकिदैँन, पुनः सुधार केन्द्र जाँदा फेस गर्ने शक्ति नै हराइसकेको थियो,’ आफू दोस्रोपटक पनि सुधार केन्द्र पुग्दाको अनुभव सुनाउँदै गुरुङ भन्छन्, ‘म आफैँदेखि हिनताबोध भइसकेको थियो, म समाजमा अब फेस गर्न सक्दिन, भन्ने भयो ।’

आफू हस्पिटल जानुपर्ने समयमा पनि लागूऔषध प्रयोग नै गर्न लालायित बन्ने गरेको उनले सम्झिए । ‘एकपटक त के सम्म भयो भने श्रीमतीको डेलिभरी थियो, मैले गाडीमा पठाएर जाँदै गर्नु भने र जोगबनी गएर ब्राउनसुगर प्रयोग गरेर हस्पिटल गएँ, हस्पिटलमा यता र उता कुद् भन्दा श्रीमतीलाई कति दुःख भयो होला’ गर्भवती श्रीमतीलाई स्याहार गर्नुपर्ने समयमा आफैँलाई स्याहार, सुसार गर्नुपर्ने गरेको सम्झदैँ उनले भने, ‘बुढीलाई स्याहार गर्नुपर्ने बेला उनले मलाई स्याहार गर्थिन् । नसाको सुरुमा श्रीमतीलाई कति दुःख दिए । बिचरा सहेर बसिन् ।’

लागूऔषधको प्रयोगले चोरी गर्नेदेखि, लुट्ने सबै काम गरिसकेकाले ठाना, कारागार समेत पुगेकाले सुधार केन्द्रमा आफ्नै जीवनबारे निकैबेर गहिरिएर सोचेपछि अहिले नवजीवन पाएको उनी सुनाउँछन् ।

सुरेशका अनुसार लागूऔषध प्रयोगपछि तीन लय लिन सकिन्छ । कि जेल, कि सुधार केन्द्र, कि त मृत्यु । आफूले मृत्युबाहेक अरु भोगिसकेको सम्झदैँ उनले भने, ‘म पहिलो, दोस्रो र फेरि तेस्रोपटक पनि सुधार केन्द्र पुगेपछि आफ्ना साथीभाइ सम्झिएँ, सबै कुरा गम्भीर भएर सोचेँ, अब पनि लागूऔषध प्रयोग गरेँ भने मृत्यु मात्रै बाँकी छ भन्ने सोचेँ र छोड्छु भन्ने मानसिकता बनाएँ । त्यसपछि सधैँका लागि लागूऔषधबाट आत्मसमर्पण गरेँ ।’

आफूले हिजो गरेका गल्तीको परिणाम आज भोगिरहेको उनी सुनाउँछन् । ‘जिन्दगी भोगाइ पनि हो रहेछ, हिजो कतिपय अवस्थामा समाजकै मानिसहरुबाट फसाइयो, आज म यही समाजमा सकारात्मक काम गर्नका लागि उत्प्रेरित छु ।’ उनी भन्छन् ।

अहिले उनी विगत भुलेर वर्तमानमा रमाउन प्रयास गरिरहेका छन् । समाजका मानिसहरुको मानसिक सन्तुलन कहिले फेर्न नसकिने उनको तर्क छ । सुधार केन्द्र भन्ने वित्तिकै नकारात्मक कुरा मात्रै पैदा हुने गरेको सम्झदेँ उनी भन्छन्, ‘सुधार केन्द्र लैजाने बित्तिकै समाजले नकारात्मक दृष्टिकोणले हेर्छ, लागूऔषध प्रयोग गरेर बाटोमै लड्नु, चोरी गर्नुभन्दा सुधार केन्द्र बस्नु नै ठीक । कतिपय मानिसहरुले घरमै बसेर पनि आफूलाई चिन्ने मौका पाइरहेका छन्, सुधार केन्द्रमा बसेपछि झन् धेरै आफूलाई चिन्न पाइन्छ ।’

आफूले मृत्युबाहेक अरु भोगिसकेको सम्झदैँ उनले भने, ‘म पहिलो, दोस्रो र फेरि तेस्रोपटक पनि सुधार केन्द्र पुगेपछि आफ्ना साथीभाइ सम्झिएँ, सबै कुरा गम्भीर भएर सोचेँ, अब पनि लागूऔषध प्रयोग गरेँ भने मृत्यु मात्रै बाँकी छ भन्ने सोचेँ र छोड्छु भन्ने मानसिकता बनाएँ । त्यसपछि सधैँका लागि लागूऔषधबाट आत्मसमर्पण गरेँ ।’

‘अनलिमिटेड’ रुपमा ‘अल्कोहल’ खाएपनि त्यो ‘लागूऔषध’ जस्तै खतरानक हुने भएकाले लागूऔषध तथा अत्यधिक मादकपदार्थ सेवन गर्नु आफ्नो स्वास्थ्यसँगै परिवार र समाजका लागि घातक हुने उनको बुझाई छ ।

उनी अहिले एकता मार्ग तरहराको नेतृत्व गरेर सचेतनासँगै समाजमा रहेका युवाहरुलाई सकारात्मक मार्गनिर्देश गरिरहेका छन् । ‘सानैदेखि सामाजिक काम गर्न मन लाग्थ्यो, कतिपय अवस्थामा छोड्दै खाँदै गर्दा बीस वर्ष यसमै बिताएछु,’ उनी भन्छन्, ‘लागूऔषध म खान्छु मलाई मात्रै हानी गर्नुपर्ने नि, तर परिवार र समाजमा पनि चिन्ता, अरुले पनि सिको गरेर प्रयोग गरिरहेका छन्, लागूऔषधबाट मुक्त भएपछि अहिले म जे पनि गर्न सक्छु भन्ने हिम्मत आउँछ ।’

सामाजिक काम गर्दा अहिले पनि विभिन्न अवरोधहरु आउने गरेको भएपनि आफूलाई भित्रैबाट सन्तुष्टि मिल्ने उनले सुनाए । ‘तीन वर्षदेखि गरेका सामाजिक कामको अहिले रिजल्ट पाइरहेछु, साह्रै खुशी लाग्छ,’ उनी भन्छन्, ‘संघर्ष गर्न निकै गाह्रो छ, तर परिवार र समाजको साथ भयो भने आफ्नो ठाउँकै शिर ठाडो हुनेगरी काम गर्न सकिनेरहेछ, सामाजिक कार्य गर्नका लागि रातको १२ बजेपनि तयार छु ।’

अहिले स्कुले उमेरदेखि नै लागूऔषध प्रयोगकर्ताहरु बढ्दै गएकाले उनीहरुलाई नियन्त्रण गर्नुपर्ने गुरुङको सुझाव छ । ‘नराम्रो कुरा थाहा भएपनि सलुसन गर्ने बाटो थाहा थिएन,’ उनी भन्छन्, ‘अहिले विभिन्न मेडिकलमा फर्मुला नामक लागूऔषध बेचिरहेको भएपनि त्यतातर्फ सम्बन्धित निकायको ध्यान गएको पाइन्न, स्कुले बालबालिका पनि यसमा फसिरहेका छन्, हामीले स्कुलमै गएर पनि अहिले जनचेतनाका कार्यक्रमहरु गरिरहेका छौँ ।’

‘नराम्रो कुरा थाहा भएपनि सलुसन गर्ने बाटो थाहा थिएन,’ उनी भन्छन्, ‘अहिले विभिन्न मेडिकलमा फर्मुला नामक लागूऔषध बेचिरहेको भएपनि त्यतातर्फ सम्बन्धित निकायको ध्यान गएको पाइन्न, स्कुले बालबालिका पनि यसमा फसिरहेका छन्, हामीले स्कुलमै गएर पनि अहिले जनचेतनाका कार्यक्रमहरु गरिरहेका छौँ ।’

‘लागूऔषध’ प्रयोग गर्ने मानिस एकप्रकारको बिरामी नै रहेकाले उनीहरुलाई सजाय भन्दा पनि काउन्सिल, माया र सचेतना नै यसको नियन्त्रण गर्ने मुख्य उपचार रहेको उनी बताउँछन् । ‘बिरामीलाई सजायले होइन, माया, काउन्सिल र सचेतना आवश्यक पर्छ, विज्ञ प्रयोग गरेर लागूऔषध नियन्त्रणको अभियान चलाउन आवश्यक छ,’ उनी भन्छन्, ‘हामीले एकजनालाई मात्रै सुधार गर्यौ भने एउटा टोल सुध्रन्छ, एकजनाले प्रयोग गर्दा कम्तिमा दस जनाले लागूऔषध प्रयोग गर्छन् ।’ इच्छाशक्ति भयो भने नियन्त्रण सम्भव रहेको तर केहीसमय लाग्ने उनको भनाइ छ ।

‘लागूऔषध प्रयोगकर्ताले दिमागमा आफूले सोचेको कुरा नै सहि हो भन्ने लाग्छ, तरहराको हकमा त्यसबेला हामी ओपन रुपमा खान्थ्यौं, अहिले समाज विकसित भएकाले लुकेर प्रयोग गरिरहेका छन्, समाजमा राम्रो छवि बनाएकाहरु नै प्रयोग गर्छन् र उनीहरू नै सम्झाइरहेछन्,’ वर्तमान अवस्थाबारे उनी भन्छन्, ‘लागूऔषधबाट मुक्त भइयो भने नवजीवन पाइन्छ ।’

 

Tags: #लागूऔषधकुलतटाकुरा विशेषसुरेश गुरुङ
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.