इटहरी : सुनसरीको कोशी गाउँपालिका १ राजापोखरी स्थित पूर्व–पश्चिम राजमार्गमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अुनसार मृत्यु हुनेमा रामधुनी नगरपालिका ८ का ५९ वर्षीय सत्य नारायण साह रहेका छन् ।
आफैंले चलाएको साइकलबाट लडेर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post