संखुवासभा : संखुवासभाको मादीबाट इटहरीतर्फ आउँदै गरेको बस भीरबाट तीन सय मिटर तल खसेर दुर्घटना हुँदा मृतकको संख्या १३ पुगेको छ ।
रेशम फिलिलि नाम गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ स्थित सात घुम्तीमा दुर्घटना हुँदा हालसम्म १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार अहिलेसम्म १३ जनाको शव भेटिएको छ भने पाँचजना गम्भीर घाइते छन् । घाइतेहरूको हेलिकोप्टरमार्फत उद्दार गर्ने प्रयास भइरहेको छ ।
घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङका अनुसार मृतकहरूको पहिचान भइसकेको छैन । दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाका अनुसार अहिले घटनास्थलमा प्रहरीले उद्दार गर्ने कार्य गरिरहेको छ ।
उद्दार कार्य जारी रहेको र घाइते तथा मृतकहरूको नामसहितको विवरण आउन बाँकी रहेको उनले बताए ।
यो पनि – Breaking : संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खस्यो
यो पनि – अपडेट : तीव्र गतिका कारण भीरबाट बस खस्दा १४ को मृत्यु, पाँचको अवस्था गम्भीर (नामावलीसहित)













Discussion about this post