इटहरी (डेस्क) : संखुवासभाबाट इटहरी आउँदै गरेको बस भीरबाट खसेको छ ।
जिल्लाको मादी ओखरबोटेबाट इटहरीतर्फ आउँदै गरेको बा ४ ख ७३५ नम्बरको बस भीरबाट खसेको हो ।
स्थानीय खगेन्द्र पौडेलका अनुसार बसमा करीब ३० जना सवार थिए । दुर्घटनामा बसको पाटपुर्जा क्षतविक्षत बनेको उनले बताए ।
यता पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक (एसपी) वासुदेव खतिवडाका अनुसार बस भीरबाट खसेको जानकारी प्राप्त भएसँगै प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
“दुर्घटना भयो भन्ने मात्रै खबर आएको छ,” उनले भने, “प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ, केहीबेरमा थप विवरण आउँछ ।”
आज बिहान करिब साढे सात बजे संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा कम्तिमा दस जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ भने हाल घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो पनि – संखुवासभा बस दुर्घटना अपडेट : भीरबाट तीन सय मिटर तल खस्दा मृतकको संख्या १३ पुग्यो
यो पनि – अपडेट : तीव्र गतिका कारण भीरबाट बस खस्दा १४ को मृत्यु, पाँचको अवस्था गम्भीर (नामावलीसहित)














Discussion about this post