Friday, July 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोरोना बिमा बापतको थप सात लाख रुपैँया युनियनद्धारा हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १५, २०७७
in समाचार
0
कोरोना बिमा बापतको थप सात लाख रुपैँया युनियनद्धारा हस्तान्तरण
127
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रेस युनियन सुनसरीले कोरोना बिमा बापतको थप सात लाख रुपैँया हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कोरोना पीडित सातजना पत्रकारहरुलाई रकम हस्तान्तरण गरिएको हो ।

युनियन सुनसरी र आईएमई जनरल इन्स्योरेन्स बीच भएको कोरोना बिमा सम्झौता अन्तर्गत उपलब्ध भएको थप सात लाख हस्तान्तरण गरिएको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

‘कोरोना लागेका ३२ जनामध्ये २२ जनालाई एकलाखका दरले रकम हस्तान्तरण गरिसकिएको छ,’ उनले भने, ‘बाँकी दश जनाको रकम पनि आउने प्रक्रियामा छ ।’ उनका अनुसार युनियनले केही दिन अगाडि मात्रै जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा समेत गरेको छ ।

बिहीबार पत्रकारहरु रोहित कुमार राई, देबेन्द्र कार्की, हिमाल दाहाल, सञ्जय राई, रामबहादुर कटवाल (आरबी), सरिता कोइराला र विवेक रेग्मीलाई जनही एक लाखका दरले रकम हस्तान्तरण गरिएको थियो ।

पत्रकार रोहित कुमार राईले रकम बुझ्दै भने, ‘कोरोना महामारीले गर्दा अहिले पनि न्यूनतम पारिश्रमिक पाउँन समस्या भइरहेको अवस्थामा युनियनले गरेको यो कामको मुक्तकण्ठले प्रसंसा गर्छु ।’ जुनसुकै संगठनमा रहेर भएपनि सम्पूर्ण पत्रकारका हकहितमा काम गर्न सकिने ज्वलन्त उदाहरण युनियन सुनसरी रहेको उदृत गर्दै उनले हरेक संगठनले सबै पत्रकारको हितमा काम गर्न आवश्यक रहेको बताए ।

पत्रकार महासंघ सुनसरीका सचिव समेत रहेका हिमाल दाहालले पनि युनियनले गरेको कामको प्रसंसा गरे । उनले भने, ‘कोरोना महामारीले पत्रकारिता क्षेत्र संकटमा परेको अवस्थामा यसबाट पीडित पत्रकारहरुलाई यो रकम उपलब्ध हुनु युयिनको अनुकरणीय काम हो ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन प्रदेश १ का संयोजक लिलाबल्लव घिमिरेले कोरोना बापत पाएको उक्त रकम उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

‘पत्रकारिता गरेर मात्रै बाँच्ने आधार नभएको अवस्थामा यो रकमले केही उत्पादनमुखी काममा लगानी भएमा सहज हुन्छ जस्तो लाग्छ,’ घिमिरेले भने, ‘काम गर्नका लागि नेताको पछि मात्रै कुद्न नपर्ने भन्ने उदाहरण हो, युनियनको अहिलेको काम ।’

कोरोना महामारीको समयमा सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको युनियनले निःशुल्क बिमा थियो ।

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरी#बिमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’
विविध

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’

by टाकुरा न्यूज । इटहरी
साउन ७, २०८३
0

इटहरी : स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमार्फत जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘तरहरा कोरा २०२६’ मा...

नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही
विविध

नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही

by रासस
साउन ७, २०८३
0

तोकिएको समयमा नापतौलयन्त्रको इजाजतपत्र नवीकरण नगर्ने, तथा उपभोक्तालाई ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ । गुणस्तर तथा...

तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

तेह्रथुममा खुकुरी प्रहारबाट महिलाको हत्या

साउन ७, २०८३
तस्बिरमा हेर्नुहोस् इलामको अन्तुमा रहेको पोखरी र चिया बगान

सडक अवरुद्धपछि इलाममा खाद्य, इन्धन र विद्युत् संकट, व्यवसायीद्वारा राहत घोषणा गर्न माग

साउन ७, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

तीन वर्ष कैद सजाय पाएका फरार प्रतिवादी धरानबाट पक्राउ

साउन ७, २०८३
झापा अदालतमा सात हजार ५४९ मुद्दामध्ये तीन हजार अझै विचाराधीन

झापा अदालतमा सात हजार ५४९ मुद्दामध्ये तीन हजार अझै विचाराधीन

साउन ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’

साउन ७, २०८३
नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही

नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही

साउन ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

तेह्रथुममा खुकुरी प्रहारबाट महिलाको हत्या

साउन ७, २०८३
तस्बिरमा हेर्नुहोस् इलामको अन्तुमा रहेको पोखरी र चिया बगान

सडक अवरुद्धपछि इलाममा खाद्य, इन्धन र विद्युत् संकट, व्यवसायीद्वारा राहत घोषणा गर्न माग

साउन ७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1107 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    604 shares
    Share 242 Tweet 151
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    599 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.