Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सडक अवरुद्धपछि इलाममा खाद्य, इन्धन र विद्युत् संकट, व्यवसायीद्वारा राहत घोषणा गर्न माग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ७, २०८३
in समाचार
0
तस्बिरमा हेर्नुहोस् इलामको अन्तुमा रहेको पोखरी र चिया बगान
57
SHARES
Share on FacebookShare on Twitter

इलाम : लगातारको वर्षासँगै सडक सञ्जाल ध्वस्त भएपछि इलाम गम्भीर मानवीय तथा आर्थिक संकटमा परेको भन्दै व्यवसायीहरूले सरकारले तत्काल राहत तथा विशेष सहायता कार्यक्रम घोषणा गर्न माग गरेका छन्।

कोशी होटल व्यवसायी महासंघ, कोशी प्रदेशका महासचिव वासुदेव बरालले विज्ञप्ति जारी गर्दै मेची राजमार्गअन्तर्गत राजदुवाली सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको र वैकल्पिक बेलासे–इलाम सडकखण्डको माइखोलामा रहेको पुल तथा अस्थायी कजवे पनि बाढीले बगाएपछि इलामको यातायात सम्पर्क विच्छेद भएको बताएका छन्।

महासंघका अनुसार सडक अवरुद्ध भएसँगै अत्यावश्यक खाद्यान्न, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थलगायत सामग्रीको आपूर्ति रोकिएको छ। तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा दुई दिनयता खानेपानी वितरणसमेत बन्द भएको जनाइएको छ।

यातायात अवरुद्ध भएपछि गम्भीर बिरामी उपचारका लागि अस्पताल पुग्न नसकेको, कृषकको उत्पादन बजारसम्म लैजान नपाउँदा खेतबारीमै नष्ट हुने अवस्था आएको तथा बजारमा उपभोग्य वस्तुको अभाव बढेको महासंघले जनाएको छ।

पर्यटन पूर्ण रूपमा ठप्प हुँदा होटल, यातायात र अन्य व्यवसायसमेत प्रभावित भएका छन्।

आर्थिक वर्षको अन्त्यमा बैंकको ऋण असुली, घरभाडा र अन्य आर्थिक दायित्वले व्यवसायी थप संकटमा परेको उल्लेख गर्दै महासंघले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।

महासंघले विद्युत्, खानेपानी र इन्धनको आपूर्ति तत्काल सहज बनाउन, बैंक ब्याज तथा घरभाडामा सहुलियत दिन र व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गरेको छ।

Tags: #सडकइलाममाग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ
FEATURE BREAKING

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

by मनाेज अधिकारी
भदौ २४, २०८३
0

इटहरी : पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
समाचार

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.