मिटरब्याजमा लगानी गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जयप्रसाद रौनियारलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
अवैध मानिएको मिटरब्याजमा लगानी गरी सर्वसाधरणलाई ‘टाट’ पल्टाउने मिटरब्याजी मन्टु भनिने विराटनगरका सञ्जयप्रसाद रौनियारलाई सोमबार अदालतले थुनामा राख्ने आदेश दिएको हो । अदालतको आदेशपछि विराटनगर–९ घोघापुलचौकका ४५ वर्षीय मन्टु पूर्पक्षको लागि कारागार चलान भएका हुन् ।
मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालका अनुसार न्यायाधीश ईश्वर पराजुलीको इजालाशले सोमबार मन्टुलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।














Discussion about this post