धरान : जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखाले कोरोना संक्रमित कर्मचारीहरुको कोरोना बिमा बापतको रकम धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई हस्तान्तरण गरेको छ ।
शाखाका प्रमुख प्रतिक श्रेष्ठ सहितको टिमले आज धरान उपमहानगर प्रमुख राईलाई कार्यकक्षमै भेटेर ४० जना कर्मचारीहरुको कोरोना विमा बापतको रकम हस्तान्तरण गरेको हो ।
धरान उपमहानगरपालिकाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखासँग कोरोना बीमाको सम्झौता गरेको थियो । जस अन्तर्गत ४० जना कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
शाखाले ४० जना कोरोना संक्रमित कर्मचारीहरुको ४० लाख रुपैयाँको चेक नगर प्रमुख राईलाई हस्तान्तरण गरेको हो । उक्त ४० लाख रुपैयाँको चेक नगर प्रमुख राईले प्रमुख प्रशासकीय अधिकृत विदुर खनाललाई हस्तान्तरण गरेका छन् ।
नगर प्रमुख राईले कोरोना बिमा बापतको रकम प्राप्त हँुदा पालिकामा कार्यरत कर्मचारीहरुलाई काम गर्न प्रेरणा मिलेको बताए । उनले इन्स्योरेन्स प्रति मानिसको विश्वास बढेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्दै जाने बताए ।












Discussion about this post