धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. १३ स्थित रहेको आधारभूत स्वास्थ्य चौकी भवन र अम्मर बस्ती ‘ख’ को धनकुटे सडक जोड्ने करिब २० मिटर सडक खण्डको अनुगमन गरेका छन् ।
मेयर राई सहितको टोलीले आधारभूत स्वास्थ्य चौकी भवन र अम्मर बस्ती ‘ख’ को निर्मित कल्बटदेखि धनकुटे सडक जोड्ने सडकको अनुगमन गरेका हुन् ।
मेयर राईले उक्त सडकलाई धनकुटे रोडसम्म जोड्नका केही बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे । निरीक्षणको क्रममा स्वास्थ्य चौकी भवनलाई पनि व्यवस्थित बनाउनका लागि पहल गरिने उनले बताए ।












Discussion about this post