झापा : झापाको अर्जुनधारा नगरपालिका ११ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र गाँजा सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय रबिन तामाङ, २८ वर्षीय दिलकुमार राई र भद्रपुर ५ का ३८ वर्षीय हिलिहाङ तुम्बाम्फोलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका निजहरुको साथबाट ४८० मिलिग्राम लागूऔषध ब्राउनसुगर, ट्रमाडोल क्याप्सुल ५९ ट्याब्लेट र २०० ग्राम गाँजा बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post