Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

शिशु ट्वाइलेटमा जन्माएर गाड्न लाग्दा सुनसरीकी एक युवती पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १३, २०७७
in समाचार
0
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सांकेतिक तस्वीर ।

2.4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : फागुन ११ गते सुनसरीको गढी गाउँपालिका-३ की चन्दनकुमारी साह नजिकैको मेडिकल हलमा पुगेकी थिइन्।

प्रहरीका अनुसार पेट दुखेपछि उनी बुवा हरिनारायण साहसँग गढी मेडिकल हलमा गएकी हुन्।

दिउँसो सवा २ बजेतिर गढी मेडिकलका अहेबले चन्दनकुमारी गर्भवती रहेको र ब्यथा लागेको भनेका थिए।

उपचार सुरू हुने क्रममै थियो। यतिकैमा चन्दनकुमारी ट्वाइलेट जान्छु भन्न थालिन्।

मेडिकलको ट्वाइलेटमा उनी पसिन्। करिब आधा घन्टा ट्वाइलेटबाट निस्किनन्।

प्रहरीका अनुसार उनले ट्वाइलेटभित्रै शिशु जन्माएकी थिइन्।

इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी नायब निरीक्षक रमेश कार्कीका अनुसार ट्वाइलेटअगाडि फालिएको खरानी र माटोको थुप्रो खोस्रेर उनले शिशु गाड्दै थिइन्।

यत्तिकैमा स्थानीयले देखेर हो-हल्ला गरे। शिशु निकालेर जिल्ला अस्पताल इनरुवा लगे। प्रहरीलाई खबर गरे।

इनरुवा अस्पताल पुर्‍याउँदा शिशुको अवस्था अत्यन्तै गम्भीर भइसकेको थियो। डाक्टरले त्यहाँ उपचार सम्भव हुन नसक्ने  बताए।

अस्पपतालले  ‘रिफर’ गरेपछि शिशुलाई विराटनगरस्थित टिचिङ अस्पताल लगियो। तर, त्यहाँ पुर्‍याएको केही समयमै शिशुको मृत्यु भयो।

प्रहरीले चन्दनकुमारीलाई त्यसअघि नै पक्राउ गरिसकेको थियो। धेरै नै रक्तश्राव भएपछि त्यही दिनबाट उनलाई विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो।

बिहीबार केही बिसेक भएपछि उनलाई प्रहरीले अनुसन्धानका लागि कार्यालय ल्याएको थियो। पुन: पेट दुखेको भनेपछि उनलाई स्थानीय जीवन ज्योति मेडिकलमा उपचारका लागि पठाइएको छ।

‘हामीले घटनाको अनुसन्धान नै गर्न पाएका छैनौं,’ सई कार्कीले भने।

कार्कीका अनुसार सामान्य परिवारकी चन्दनकुमारी अविवाहित हुन्।

अविवाहित अवस्थामा गर्भ रहेर शिशु जन्मेपछि उनले हत्या गर्न खोजेको प्रहरीको प्रारम्भिक बुझाइ छ। यसबारे प्रहरीले उनीसँग बयान लिन पाएको छैन। उनी अस्वस्थ भएकाले बयान लिन नसकिएको कार्कीले बताए।

‘उनी निको भएपछि अनुसन्धान अघि बढ्छ,’ सई कार्कीले भने, ‘उनको पेटमा कसको गर्भ थियो, किन मार्न चाहिन् भन्नेबारे विस्तृत कुरा अनुसन्धानपछि खुल्नेछ।’

कार्कीका अनुसार घटना भएकै दिन प्रहरीले सोधीखोजी गरेको थियो। सामान्य सोधीखोजीका क्रममा बुवाछोरी रुन थाले।

‘अस्पतालमा उपचारको क्रममा सोध्न सम्भव भएन,’ कार्कीले भने। ती युवतीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिने कार्कीले बताए।

कर्तव्य ज्यानमुद्दामा कसुर हेरेर सर्वस्वसहित जन्मकैद सजाय हुने व्यवस्था छ।

खिलानाथ ढकालले लेखेको यो समाचार सेतोपाटीबाट साभार गरिएको हो ।

Tags: #सुनसरीअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

इटहरी : अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला...

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
FEATURE BREAKING

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको करोडौँ रुपैयाँ भेटी प्रहरीको रोहबर तथा सीसीटीभी निगरानीमा दैनिक गणना गरी...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

असार ३, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.