Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

शिशु ट्वाइलेटमा जन्माएर गाड्न लाग्दा सुनसरीकी एक युवती पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १३, २०७७
in समाचार
0
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सांकेतिक तस्वीर ।

2.4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : फागुन ११ गते सुनसरीको गढी गाउँपालिका-३ की चन्दनकुमारी साह नजिकैको मेडिकल हलमा पुगेकी थिइन्।

प्रहरीका अनुसार पेट दुखेपछि उनी बुवा हरिनारायण साहसँग गढी मेडिकल हलमा गएकी हुन्।

दिउँसो सवा २ बजेतिर गढी मेडिकलका अहेबले चन्दनकुमारी गर्भवती रहेको र ब्यथा लागेको भनेका थिए।

उपचार सुरू हुने क्रममै थियो। यतिकैमा चन्दनकुमारी ट्वाइलेट जान्छु भन्न थालिन्।

मेडिकलको ट्वाइलेटमा उनी पसिन्। करिब आधा घन्टा ट्वाइलेटबाट निस्किनन्।

प्रहरीका अनुसार उनले ट्वाइलेटभित्रै शिशु जन्माएकी थिइन्।

इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी नायब निरीक्षक रमेश कार्कीका अनुसार ट्वाइलेटअगाडि फालिएको खरानी र माटोको थुप्रो खोस्रेर उनले शिशु गाड्दै थिइन्।

यत्तिकैमा स्थानीयले देखेर हो-हल्ला गरे। शिशु निकालेर जिल्ला अस्पताल इनरुवा लगे। प्रहरीलाई खबर गरे।

इनरुवा अस्पताल पुर्‍याउँदा शिशुको अवस्था अत्यन्तै गम्भीर भइसकेको थियो। डाक्टरले त्यहाँ उपचार सम्भव हुन नसक्ने  बताए।

अस्पपतालले  ‘रिफर’ गरेपछि शिशुलाई विराटनगरस्थित टिचिङ अस्पताल लगियो। तर, त्यहाँ पुर्‍याएको केही समयमै शिशुको मृत्यु भयो।

प्रहरीले चन्दनकुमारीलाई त्यसअघि नै पक्राउ गरिसकेको थियो। धेरै नै रक्तश्राव भएपछि त्यही दिनबाट उनलाई विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो।

बिहीबार केही बिसेक भएपछि उनलाई प्रहरीले अनुसन्धानका लागि कार्यालय ल्याएको थियो। पुन: पेट दुखेको भनेपछि उनलाई स्थानीय जीवन ज्योति मेडिकलमा उपचारका लागि पठाइएको छ।

‘हामीले घटनाको अनुसन्धान नै गर्न पाएका छैनौं,’ सई कार्कीले भने।

कार्कीका अनुसार सामान्य परिवारकी चन्दनकुमारी अविवाहित हुन्।

अविवाहित अवस्थामा गर्भ रहेर शिशु जन्मेपछि उनले हत्या गर्न खोजेको प्रहरीको प्रारम्भिक बुझाइ छ। यसबारे प्रहरीले उनीसँग बयान लिन पाएको छैन। उनी अस्वस्थ भएकाले बयान लिन नसकिएको कार्कीले बताए।

‘उनी निको भएपछि अनुसन्धान अघि बढ्छ,’ सई कार्कीले भने, ‘उनको पेटमा कसको गर्भ थियो, किन मार्न चाहिन् भन्नेबारे विस्तृत कुरा अनुसन्धानपछि खुल्नेछ।’

कार्कीका अनुसार घटना भएकै दिन प्रहरीले सोधीखोजी गरेको थियो। सामान्य सोधीखोजीका क्रममा बुवाछोरी रुन थाले।

‘अस्पतालमा उपचारको क्रममा सोध्न सम्भव भएन,’ कार्कीले भने। ती युवतीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिने कार्कीले बताए।

कर्तव्य ज्यानमुद्दामा कसुर हेरेर सर्वस्वसहित जन्मकैद सजाय हुने व्यवस्था छ।

खिलानाथ ढकालले लेखेको यो समाचार सेतोपाटीबाट साभार गरिएको हो ।

Tags: #सुनसरीअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.